शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१७ वर्षको उमेरमा लागूपदार्थ दुर्व्यसनीमा फसेकी कंगनाले लकडाउनमा चिन्तित नहुन दिइन् यस्तो सुझाव

मङ्गलबार, १८ चैत २०७६, १३ : २९
मङ्गलबार, १८ चैत २०७६

एजेन्सी : बलिउड अभिनेत्री कंगना रनौतले कोरोना भाइरसको संक्रमणबाट बच्न लकडाउनमा बसिरहेका विश्वभरीका आफ्ना प्रशंसकहरुलाई लक्षित गर्दै एउटा भिडियो सार्वजनिक गरेकी छन् । 

उनले हरेक मानिसको जिवनमा नराम्रो समय आउने र त्यसलाई सामना गर्दै अगाडि बढेमा मात्रै सफल भइने सन्देश दिएकी छन् ।

उनले भिडियो सन्देशमार्फत लकडाउनको सयममा चिन्तित नहुन र डिप्रेशनजस्ता विरामीको शिकार नहुन सुझाव दिएकी छन् ।  उनले यो सयम जिवनको मुश्किल घडी भएको र यसलाई सकारात्मक रुपमा लिन आग्रह समेत गरेकी छन् । उनले मुश्मिल समयले धेरै कुरा सिकाउने बताएकी छन् ।  

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

#KanganaRanaut talks about the time when she couldn’t close her eyes because tears won’t stop. 🙏🙏

A post shared by Kangana Ranaut (@team_kangana_ranaut) on

यसै सिलसिलामा कंगनाले आफूले जिवनमा निकै मुश्किल समय पार गरेको बताउँदै भनेकी छन्, ‘डेढ÷दुई वर्ष म स्टार थिएँ र एक लागूऔषध दुव्यसनी थिएँ । म यस्ता मानिसहरुको संगतमा फसेको थिएँ कि मलाई त्यसबाट बाहिर केवल मृत्युले मात्र ल्याउँन सक्थ्यो । यो सबै म १७ वर्षको हुँदा नै मेरो जिवनमा घटेको घटना थियो ।’

उनले यस्तो मुश्किल समयमा ध्यान, योग र साधना आदि गर्नुपर्ने जानकारी दिएकी छन् । जसबाट हरेक मुश्किल समयबाट बाहिर आउन सक्ने बताएकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप