
फिल्म खेल्न नेपाल आएकी अदीति घरमै बस्न बाध्य

काठमाडौं । नेपाल सरकारले गरेको ‘लकडाउन’ले सबै क्षेत्रका मानिस घरमा खुम्चिएर रहन बाध्य भएका छन् । यस्तै लकडाउनको मारमा अभिनेत्री अदीति बुढाथोकी पनि परेकी छन् । उनी केही दिनदेखि घरबाट बाहिर निस्किएकी छैनन् ।
धेरै समय मुम्बई बस्ने बुढाथोकी कम समय नेपाल बस्ने गर्दर्छिन् । मुम्बईमा बसेर बलिउड प्रवेशका लागि संघर्ष गरिरहेकी उनी अहिले काठमाडांै आएकी छिन् ।
निर्देशक सुरेन्द्र पौडेलले बनाउन लागेको नयाँ फिल्म ‘बेन्जो’ अभिनयका लागि उनी केही अगाडि मात्र नेपाल आएकी हुन् ।
मुर्हुत र छायाँकनको तयारी भइरहेको फिल्मको सम्पुर्ण काम ‘कोरोना’को कारणले रोकिएको छ । त्यसैले पनि उनी अहिले घरमा खुम्चिएर बस्न बाध्य भएकी छन् ।
यो फिल्ममा उनले गायक नितेशजंग कुवँरसँग पर्दामा रोमान्स गर्ने बताइएको थियो । बैशाख पहिलो साताबाट फ्लोरमा जाने तयारीमा रहेको फिल्मको छायाँकन अहिलेलाई भने अनिश्चित बनेको छ ।
फिल्म ‘कृ’बाट अभिनेत्रीको रुपमा डेब्यु गरेकी अदीतिले केही समयको अन्तराल पछि नेपाली फिल्म गर्न लागेकी हुन् । मुम्बईमा भने उनले म्युजिक भिडियो समेत अभिनय गरिरकेकी छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ