शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वाग्मतीका मुख्यमन्त्रीले आज सम्बोधन गर्ने

मङ्गलबार, १८ चैत २०७६, १५ : ३६
मङ्गलबार, १८ चैत २०७६

हेटौंडा । वाग्मती  प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसका कारण सिर्जित समस्या, नियन्त्रण र उपचारका सम्बन्धमा प्रदेश सरकारबाट भइरहेको गतिविधि तथा लकडाउनका समयमा नागरिकले गर्नुपर्ने भूमिका विषयमा आज प्रदेशवासीलाई सम्बोधन गर्नेभ भएका छन् । 

नेपाल टेलिभिजनलगायत १० वटा टेलिभिजन च्यानलमार्फत  साँझ ५ बजे उनले सम्बोधन गर्नुहुने भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप