बाहिरबाट आएकालाई गाउँ छिर्न बन्देज
डेडेल्धुरा । डडेल्धुराको अमरगढी २ डबरबाटाका युवाले गाउँमा बाह्य व्यक्तिलाई प्रवेश निषेध गरेका छन् । विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरस संक्रमणबाट गाउँलाई बचाउन बाह्य व्यक्तिलाई प्रवेश निषेध गरिएको हो । भारतलगायत अन्य ठाउँबाट मानिस जथाभावी गाउँमा प्रवेश गरिरहेकाले गाउँमा कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै युवाले यस्तो गर्न बाध्य भएको बताएका छन् ।
भारतबाट स्वास्थ्यजाँच नगरी छिमेकी गाउँमा मानिस प्रवेश गरिसकेकाले प्रवेश निषेध गरिएको शिवम भण्डारीले बताए । अमरगढी नगरपालिका २ र ३ महाभारतबाट आएका युवा क्वारेन्टाइनमा बस्न अटेर गरिरहेका छन् । सीमा क्षेत्रमा जाँच गरेर घर फर्किएकालाई जनप्रतिनिधि घरघरमा गएर सम्झाइबुझाई गरिरहेका छन् ।
राउटे बस्तीमा मास्क र साबुन
परशुरामनगरपालिका – ४ रजौडामा बसोबास गर्ने लोपोन्मुख राउटे बस्तीमा मास्क र साबुन वितरण गरिएको छ । अखिल भारत नेपाली एकता मञ्चका केन्दीय सदस्य मदन धामीको नेतृत्वमा परशुरामनगरपालिका ४ का वडाध्यक्ष गोपालदत्तजोशी र वडा सदस्य नन्दराम राउटेको उपस्थितिमा मास्क र साबुनवितरण गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ड्राई पाउडर इनहेलर ‘साभाकोर्ट’ नेपाली बजारमा
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...
-
प्रतिबन्ध लगाउन सक्ने अमेरिकी कानुनविरुद्ध टिकटक अदालत जाने
-
डढेलोले खोटाङमा तेह्र घर खरानी