बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमण रोक्न भारतीय गायिका लता मंगेशकरद्वारा भारु २५ लाख सहयोग

मङ्गलबार, १८ चैत २०७६, १८ : १७
मङ्गलबार, १८ चैत २०७६

एजेन्सी । भारतका प्रख्यात गायिका लता मंगेशकरले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमण रोक्नको लागि महाराष्ट्रको मुख्यमन्त्रीको राहत कोषमा २५ लाख सहयोग गर्ने बताएकी छिन् ।

कोरोना भाइरसबिरुद्ध लडाईमा देशलाई समर्थन गर्न मनोरञ्जन क्षेत्रका व्यक्तित्वहरुका नाम यसअघि नै नामसूचीमा दर्ता भइसकेको छ । सोमबार गायक अदनान सामीले रकम खुलासा नगरी मुख्यमन्त्री राहत कोषमा आफ्नो समर्थन र योगदान र्पुयाउने घोषणा गरेकी छिन् ।

यसैगरी बलिउड क्षेत्रका अक्षयकुमार, कपिल शर्मा, शिल्पा शेट्टी, राजकुमार राव, वरुण धवन, विक्की कौशल, आलिया भट्ट र सारा अली खानले कोभिड –१९ विरुद्धको लडाईलाई समर्थन गर्न सहयोग र्पुयाउने घोषणा गरिसकेका छन् । 

भारतका प्रधान मन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस फैलिन नदिन २१ दिनको ‘लकडाउन’ को घोषणा गर्नु भएको छ ।   भारतमा यस सङ्क्रमणबाट ३२ जनाको ज्यान जानुको साथै १ हजार २५१ सङ्क्रमित रहेका छन् । –एएनआइ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप