जुम्ल्याहा बच्चाको टाउको छुट्टयाउने विश्वविख्यात न्युरोसर्जन गुडरिचको निधन
विश्वविख्यात न्युरोसर्जन डाक्टर जेम्स डि गुडरिचको सोमबार कोभिड–१९ सँग सम्बन्धित समस्याका कारण मृत्यु भएको छ ।
‘डाक्टर गुडरिच हाम्रो संस्थाका सम्पत्ति थिए र हामी उनलाई साँच्चै मिस गर्नेछौं,’ मोन्टेफियोर मेडिसिनका सिइओ डाक्छर फिलिप ओ ओज्उवाले भने, ‘ उनको अद्भूत क्षमता र विज्ञता उनको दयालु हृदय र व्यवहारसामुमात्रै दोस्रो थियो ।’
अस्पतालले गुडरिच निकै राम्रो व्यक्ति भएको बताएका छन् । ‘उनलाई प्रसिद्धीको रहर थिएन र आफ्ना कर्मचारी तथा साथीभाईका प्रिय थिए,’ अस्पतालले जनाएको छ ।
‘जिम धेरै अर्थमा हाम्रो विभागका हृदय तथा आत्मा थिए, एक मास्टर सर्जन, विश्व स्तरका शिक्षादाता र सबै साथीभाईका प्रिय,’ मोन्टेफियोर अस्प्तालको अल्बर्ट आइन्स्टाइन कलेज अफ मेडिसिन सेन्टरका न्युरोसर्जरी विभागका अध्यक्ष डा इमाद इस्कन्दरले भने ,‘उनको निधन हृदयविदार छ र हाम्रो सोचाईमा उनी सधैं रहनेछन् ।’
उनले टाउको र मस्तिस्क समेत जोडिएका जुम्ल्याहा बालबालिकालाई छुट्याएर सर्जरी जगत्मा चमत्कार नै गरेका थिए । २००४ मा उनले फिलिपिन्सका कर्ल र क्लेरेन्स अगुइरी नामक ८ सेन्टिमिटर ब्रेन टिस्यू जोडिएका दुई जुम्ल्याहा बालिकालाई छुट्याएपछि उनी चर्चामा आएका थिए ।
२०१६ मा गुडरिचको नेतृत्वमा खटिएको ४० डाक्टरको टिमले २७घण्टासम्मको अथम मेहिनतपछि मोन्डेफियोर मेडिकल सेन्टरमा एनियश र जाडोन नामका १३ महिने शिशुको टाउको छुट्याएको थियो । यो गुडरिचले टाउको छुट्याएको सातौं अवसर थियो र १९५२ देखिको विश्वकै ५९ औं कानिर्योपागस सेपरेशन सर्जरी । गुडरिच आफ्नो क्षमतासँगै कोमल हृदयका कारण पनि चर्चामा थिए । उनी आफुले अपरेशन गरिसकेका बिरामीसँग समेत सम्पर्कमा रहन्थे ।
उनले आफुले शल्यक्रिया गरेका बालबालिकाको जन्मदिन समेत याद गथ्र्ये र सधैं विशेष अवसरमा उनीहरुलाई भेट्थ्यें सक्दो सहयोग गर्थे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर सहितका प्रतिवादीको निवेदनमाथि सुनुवाइ पुरा
-
कृष्ण कँडेलको फेसबुक आइडी ह्याक
-
मुख्यमन्त्री जम्कट्टेललाई एकीकृत समाजवादीको काउन्टर
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल