रुघाखोकीले सिङ्गो गाउँ प्रभावित
बाजुरा । यहाँस्थित खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाब्लाको सिंगो गाउँ रुघाखोकीको संक्रमणले थला परेको छ । साता दिनदेखि फैलिएको रुघाखोकीको संक्रमणले पुडाबाब्लाका तीन सयभन्दा बढी परिवारका सदस्य बिरामी परेका छन् ।
एक घरका दुईदेखि पाँच जनासम्म रुघाखोकी र ज्वरोको प्रकोपका कारण बिरामी परेको वडाध्यक्ष दीपक रावतले बताए । सामान्य खोकी लाग्ने, ज्वरो आउने, रिंँगटा लाग्ने, खान मन नलाग्ने र शरीर थकित हुने जस्ता लक्षण बिरामीमा देखिएको स्वास्थ्यकर्मी गणेश रावतले बताए । परिवार नै रुघाखोकीले थला परेपछि सहयोग गर्नेसमेत गाउँमा मान्छे भेटिन छाडेका छन् ।
सिंगो गाउँ नै प्रभावित बनेपछि स्थानीय त्रसित बनेका छन् । कोरोनाको लक्षण हो कि भन्ने आशंकामा पनि गाउँ त्रसित बनेपछि मौसमी परिवर्तनका कारण रुघाखोकीको प्रकोप देखिएकाले डराउनुपर्ने अवस्था नरहेको गाउँपालिकाका स्वास्थ्य संयोजक नन्दबहादुर रावतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै