शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्पेन र अमेरिकामा एकै दिनमा मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च

मङ्गलबार, १८ चैत २०७६, २१ : १६
मङ्गलबार, १८ चैत २०७६

कोरोनभाइरसको संक्रमणबाट स्पेनमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै जनाले ज्यान गुमाएका छन् । मंगलबार जारी गरिएको तथ्याङ्कमा स्पेनमा एक दिनमा थप ८४९ जनाले ज्यान गुमाएका हुन् । योसँगै त्यहाँ महामारीका कारण मृत्यु हुनेको संख्या ८ हजार १८९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ८९१ जना नयाँ संक्रमित फेला परेका छन् । यद्यपि, यो पछिल्लो हप्ताको तथ्याङ्क भन्दा कम हो । स्पेनमा हाल ६६ हजार ९६६ जना संक्रमित उपचाररत रहेका छन् । महामारीको सुरुवात यता देशमा ९४ हजार ४१७ संक्रमित फेला परेका छन् ।

उता, अमेरिकामा पनि एकै दिनमा ५ सय ७५ गुमाएका छन् । एकै दिनमा यति धेरै जनाले ज्यान गुमाएको अमेरिकामा पहिलो पटक हो । हालसम्म अमेरिकामा ३ हजार ४ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा कूल संक्रमितको संख्या सबैभन्दा उच्च १ लाख ६० हजार ७ सय जना रहेका छन् । अमेरिकामा अप्रिल १५ सम्म संक्रमणको चरम विन्दुमा पुग्ने बताइएको छ ।

त्यस्तै, इरानमा पनि एकै दिनमा ३ हजार १११ जना नयाँ संक्रमित थपिएका छन् । इरानमा ४४ हजार ६०६ जना संक्रमित फेला परेका छन् । इरानमा पछिल्लो २४ घण्टामा १ सय ४१ जनाले ज्यान गुमाएपछि त्यहाँ मर्नेको संख्या २ हजार ८९८ पुगेको छ । हालसम्म १४ हजार ६५६ जना संक्रमितहरु उपचारपछि घर फर्किसकेका छन् भने ३ हजार ७०३ जना को अवस्था चिन्ताजनक रहेको छ ।

विश्वभर ८ लाखभन्दा कोरोनाभाइरसबाट संक्रमित बनिसकेका छन् भने मृत्युको हुनेको संख्या ४० हजार पुग्न लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप