मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

कर्णाली प्रदेश सरकारले कोरोनाविरुद्ध लड्न करारमा स्वास्थ्यकर्मी लिने

मङ्गलबार, १८ चैत २०७६, २३ : ०९
मङ्गलबार, १८ चैत २०७६

मुगु । कर्णाली प्रदेश सरकारले प्रदेशका दशवटै जिल्लाबाट करारमा स्वास्थ्य कर्मचारी भर्ना गर्ने भएकोे छ । कर्णालीका तीन जिल्ला डोल्पा, हुम्ला र मुगुमा सङ्घीय सरकारबाट प्राप्त स्वास्थ्य साम्रगी हस्तान्तण गर्न आज मुगु पुगेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोनाविरुद्धको युद्ध लड्न कर्णाली प्रदेश सरकारले तीन महिनाका लागि करारमा स्वास्थ्य कर्मचारी भर्ना गर्न लागेको बताए ।
 
अझै सशक्तरुपमा कोराना भाइरसका विरुद्ध लड्न प्रदेश सरकारले प्रदेशका १० वटै जिल्लामा रहेका स्वास्थ्य क्षेत्रमा अध्ययन गरी बेरोजगार भएर बसेका जनशक्तिलाई करार भर्ना गर्ने उनको भनाइ छ । स्थानीयतहसँग समन्वय गरी प्रदेश सरकारले वडा स्तरमा सहयोेगी समिति गठन गर्ने उल्लेख गर्दै उनले सो समितिले शङ्कास्पद बिरामीको पहिचान गरी क्वारेन्टाइनमा राख्ने बताए ।

कर्णाली प्रदेशका १० वटै जिल्लामा जहाँ बिरामी भेटिन्छ त्यही उपचार गरेर ठीक पार्ने रणनीति लिएको छ । ‘जुन घरमा, जुन टोलमा, जुनगाउँ वडामा रोग फैलिन्छ त्यही सम्पूर्ण जनशक्ति केन्द्रीत गरेर ठीक पार्ने योजनाका साथ कर्णाली प्रदेश सरकार लागेको छ’, मुख्यमन्त्री शाहीले भने । ग्रामीण भेग यातायतको पुहँच नपुगेका स्थानबाट शङ्कास्पद बिरामीको स्वाब परीक्षण गर्न परेमा हेलिकप्टरको प्रयोग गरिने उनले जानकारी दिए ।
कोराना भाइरसको युद्ध लडिरहेका बेला कर्मचारीलाई हारमानी पछि नहट्न मुख्यमन्त्री शाहीले आग्रह गरेका छन् । शाहीले भाइरसविरुद्ध लड्ने स्वास्थ्य कर्मचारीलाई सतप्रतिशत तलब बढाउने र  सुरक्षाकर्मीलाई ५० प्रतिशत तथ तलब उपलब्ध गराउने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप