केन्द्रीय संस्करण
सरोकार

किन आकर्षण बढ्दो छ दैवी शक्तिजन्य उपचारमा ?

वयस्क महिलाहरु कलिला बच्चाहरु लिएर धेरै अस्पताल पार गर्दै झारफुक गर्नेकहाँ पुग्नुपर्ने अवस्था कसरी आयो ?

person explore access_timeचैत १९, २०७६ chat_bubble_outline0
चित्र : नवयुवा

यस बेला हाम्रै आँखाले देख्नेगरी कोभिड–१९ ले नेपालको स्वास्थ्य क्षेत्र खत्तम भएको तथ्य देखाइदिएको छ, सायद हाम्रो जस्तो खत्तम स्वास्थ्य सेवा विश्वमा कहीँ छैन ।  मुख्यतः सार्वजनिक स्वास्थ्य क्षेत्रको बेहाल भएकै कारण गरिब र निम्न वर्गका धेरै मानिस विभिन्न अकल्ट प्राक्टिस (दैवी शक्तिजन्य उपचारविधि) तिर आकर्षित भएका तथ्यको कुनै कमी छैन ।


यस बेला हाम्रै आँखाले देख्नेगरी कोभिड–१९ ले नेपालको स्वास्थ्य क्षेत्र खत्तम भएको तथ्य देखाइदिएको छ, सायद हाम्रो जस्तो खत्तम स्वास्थ्य सेवा विश्वमा कहीँ छैन । मुख्यतः सार्वजनिक स्वास्थ्य क्षेत्रको बेहाल भएकै कारण गरिब र निम्न वर्गका धेरै मानिस विभिन्न अकल्ट प्राक्टिस (दैवी शक्तिजन्य उपचारविधि) तिर आकर्षित भएका तथ्यको कुनै कमी छैन ।


“सच्चाइ” र अन्य अकल्ट प्राक्टिसनर

आफ्नो अनुसन्धानको क्रममा म पोखरामा करिब डेढ वर्ष बसें । मेरो अनुसन्धान खासमा महिलाहरुमा व्यापक लोकप्रिय भएको ईश्वरीय शक्तिबाट सम्पूर्ण रोग तथा समस्या ठीक हुन्छन् भन्ने विश्वास गर्ने “सच्चाइ” भन्ने एउटा समूहमा बढी केन्द्रित थियो । तर पनि अनुसन्धानको क्रममा यसरी इलाज गर्ने अन्य समूहको पनि अवलोकन गरें ।

ख्रिश्चियनिटीमा मानिसहरुको आकर्षण बढेको त सबैलाई जानकारी भएकै कुरा हो । ख्रिश्चियन हुनेहरुको दाबीअनुसार धेरैजसो मानिसले धर्म परिवर्तन गर्नुको मुख्य र पहिलो कारण रोग निको पार्नु नै हुन्छ । कुनै व्यक्तिलाई हिन्दु धर्म र संस्कार त्यागेर ख्रिश्चियन बन्न निकै मुस्किल कुरा हो । साह्रै कठिन अवस्था आइपरेपछि वा कुनै रोग केही गरी पनि निको नभएपछि वा उपचारको लागि पैसा नभएपछि मात्र ख्रिश्चियन हुने हो ।

रोग निको पार्ने वा निरोगी राख्ने उद्देश्य राखेर खोलिएका हिन्दु धर्ममा आधारित धेरै समूह पनि संचालनमा छन् पोखरामा । आर्ट अफ लिभिङ, ओम शान्ति, ब्रह्मकुमारी, जोरेई, सत्य साई र ओशोजस्ता संगठनमा खुशी वा निरोगी रहनका लागि जानेको संख्या पनि उल्लेख्य छ । यी संगठनमा जानेहरु प्राय शिक्षित, मध्यम वर्ग, उच्च जातका सदस्य र पुरुष हुन्छन् । यस्ता समूहका मानिसहरु जाने भएकै कारण यस्तो कार्यलाई स्पिरिचुअल वा आध्यात्मिक कार्य मानिन्छ ।

तर, अहिले गरिबहरु इलाजका लागि जाने, वा अस्पतालहरुका चरम शोषण र लापर्वाहीले गर्दा मध्यम वर्गसमेत जाने, ठाउँ भनेको यस्तै अकल्ट प्राक्टिस (रहस्यमय अभ्यास)मा हो । र यस्ता अभ्यासमा जाने क्रम बढ्दो छ ।

"यहाँ झारफुक गरिन्छ"

पोखराको विन्ध्यवासिनी मन्दिर नजिकै अधिकारी टोल छ । त्यहाँ म आइएस्सी पढ्दा करिब एक वर्ष बसें । हेराउन जाने ठाउँका रुपमा चिनिन्छ त्यो टोल । बीस वर्ष अघिभन्दा अहिले धेरै घुइँचो लाग्छ त्यहाँ । चार पाँच जना हेराउने व्यक्ति छन्, पालो पाउन नै दुई तीन घन्टा कुर्नुपर्ने हुन्छ कहिलेकाहीं । फुकेर निको पार्नका लागि महिला र सानासाना बच्चा लिएर जाने गर्छन् । बच्चाले खाना वा दूध नखाएको, पेट दुखेको, दुब्लाएको, रोइरहनेजस्ता समस्याका लागि जाने गरेको पाइन्छ । वयस्क महिलाहरु कलिला बच्चाहरु लिएर धेरै अस्पताल पार गर्दै झारफुक गर्नेकहाँ पुग्नुपर्ने अवस्था कसरी आयो ? अन्धविश्वासले मात्र त पक्कै होइन होला ।

झारफुक गर्नेहरु अन्य टोलमा पनि प्रशस्तै छन् । अहिले त ठूलै साइनबोर्ड नै देखिन्छन् ठाउँ ठाउँमा । नामी अस्पतालहरुकै अगाडि "यहाँ झारफुक गरिन्छ" भन्ने विज्ञापन देख्नु कुनै नौलो र अनौठो कुरा छैन अचेल ।

ढुङ्गाले सेकेर रोग ठीक हुन्छ भन्ने सेरा जेम छ । बगरको ट्याक्सी चोकमा बिहानै रोडमै कम्तिमा पचास जनाभन्दा धेरै मानिस लाइनमा बसेका हुन्छन् । केही वर्ष पहिले त घुइँचो हुन्छ भनेर मानिसहरु आधारातमै गएर लाइनमा बस्थे, बिछ्याउना नै त्यहीँ लगेर ।    


रोग, गरिबीसँगै दिनदिनका समस्याले पीडित महिलाहरुमा निकै आकर्षण छ । एउटा केन्द्रको एउटा सत्संगमा एकपटकमा कम्तिमा तीन हजार जनाभन्दा बढी विश्वासी हुन्छन् । हप्ताको तीन दिन हुन्छ सत्संग । सबै प्रकारका रोग र समस्या ठीक हुन्छ भन्ने विश्वास गरिन्छ । महिलाहरुका धेरै रोग र समस्या ठीक हुन्छन् पनि ।


सच्चाइ निकै तीब्र गतिमा बिस्तार हुँदैछ । पोखराबाहिर समेत, काठमाण्डौ, भरतपुर, बुटवललगायतका सहरमा समेत । यसमा लाग्नेहरु लाखौंको संख्यामा छन् । यहाँ जानेमा महिलाहरु मुख्यतः श्रीमानको हिंसाबाट पीडितहरु छन् । रोग, गरिबीसँगै दिनदिनका समस्याले पीडित महिलाहरुमा निकै आकर्षण छ । एउटा केन्द्रको एउटा सत्संगमा एकपटकमा कम्तिमा तीन हजार जनाभन्दा बढी विश्वासी हुन्छन् । हप्ताको तीन दिन हुन्छ सत्संग । सबै प्रकारका रोग र समस्या ठीक हुन्छ भन्ने विश्वास गरिन्छ । महिलाहरुका धेरै रोग र समस्या ठीक हुन्छन् पनि ।

किन हुन्छ यस्तो अभ्यास

धैरैजसो महिलाहरु हस्पिटल, हेराउने चराउने, धामीझाँक्री कसैबाट पनि निको नभएपछि यहाँ आउने गर्छन् । हाम्रो स्वास्थ्यसेवाले महिलाहरुका विशेष समस्यालाई प्रभावकारी रुपमा समाधान गर्न पनि नसक्ने जस्तो देखिन्छ । धैरै महिलाहरु श्रीमानको हिंसा, आर्थिक बोझ, घरायसी काम र समस्याको बोझले चिन्ता, डिप्रेसन तथा अन्य मानसिक रोगले पीडित छन् । यस्ता रोगलाई चाहिने मनोवैज्ञानिक परामर्श तथा थेरापी पाउन मुस्किल छ पोखरामा । खाने औषधि दिएर पठाउनुबाहेक अन्य सेवा छैनन् होला । डाक्टरको एक मिनेटको समय पाउन समेत मुस्किल हुने मुलुकमा उपचारको कुरा त के, रोग पहिचान हुन समेत गाह्रो छ । डाक्टरहरुले आफ्नो रोग नै पत्ता लगाउन सकेनन् भन्छन् सच्चाइका धेरैजसो महिला ।   


किन बढिरहेका छन् त यस्ता निको पार्ने अकल्ट  प्राक्टिसहरु ? धेरैजसो त यसलाई अन्धविश्वास भनेर तर्किन्छन् । झारफुकमा लागे अन्धविश्वासका कारणले हो भनिन्छ । बाइबल र ख्रिष्चियनिटीसँग जोडियो भने विदेशी पैसाका लागि हो भनेर दोष लगाइन्छ । तर मानिसहरु किन जान्छन् भनेर कसैले गहिरिएर सोच्दैन । बरु पीडितलाई नै दोषी देखाइन्छ ।


किन बढिरहेका छन् त यस्ता निको पार्ने अकल्ट  प्राक्टिसहरु ? धेरैजसो त यसलाई अन्धविश्वास भनेर तर्किन्छन् । झारफुकमा लागे अन्धविश्वासका कारणले हो भनिन्छ । बाइबल र ख्रिष्चियनिटीसँग जोडियो भने विदेशी पैसाका लागि हो भनेर दोष लगाइन्छ । तर मानिसहरु किन जान्छन् भनेर कसैले गहिरिएर सोच्दैन । बरु पीडितलाई नै दोषी देखाइन्छ । पीडितलाई नै दोष दिनुले वास्तविक कारणलाई लुकाउन र समस्यालाई निरन्तरता दिन मात्र सहयोग गर्छ । धेरैजसो मानिस हाम्रो स्वास्थ्यसेवाबाट आजित भएर मात्र, अस्पतालबाट उपचार नभएर वा उपचार गर्ने पैसा नभएर मात्र यस्ता अकल्ट  प्राक्टिसमा गएका छन् । नत्र धामी झाँक्रीहरु किन अस्पतालका अगाडि नै ढुकेर बसिरहेका हुन्छन् ? पैसा थियो र हाम्रो स्वास्थ्य प्रणाली राम्रो हुन्थ्यो भने सायद मानिसहरुले रोग निको पार्नैका निम्ति धामी झाँक्री, सच्चाइ वा ख्रिशिचियनिटीजस्ता उपचार पद्दति खोज्ने थिएनन् होला ।

स्वास्थ्य प्रणालीप्रति अविश्वास

अर्को, धेरैजसो नेपालीहरुमा हाम्रो स्वास्थ्य प्रणालीमाथि पटक्कै विश्वास छैन । अस्पताल भनेको लुट्ने, पैसा असुल्ने ठाउँ हो भन्ने बुझाइ र भोगाइ छ । अस्पताल गए पनि जिउँदै फर्कने हो कि होइन भन्ने त्रास व्यापक छ । अस्पतालका डरलाग्दा समाचार त हामीले हरेक दिन सुन्दै पढ्दै आएका छौं । प्रत्येक हप्ताजसो डरलाग्दा समाचार आइरहन्छन् । उदाहरणको लागि, गत आश्विनको दोस्रो हप्तामा मुख्य पत्रपत्रिकाहरुमा नेपालको स्वास्थ्य सेवाका बेथितिबारे कति र कस्ता समाचार रहेछन् भनेर हेरें । त्यो हप्ता चार वटा समाचार रहेछन् । पहिलो, बुटवलमा एपेन्डिक्सको सर्जरी गर्न गएकी पूजा सुनारको डाक्टरको लापर्बाहीका कारण ज्यान गयो भन्ने खबर थियो नागरिक पत्रिकामा । अर्को दिन नागरिक पत्रिकामै काठमाण्डौमै एउटा नक्कली डाक्टरले अपरेशन गर्दा बिरामीको मृत्यु भयो भन्ने खबर आयो । अर्को दिन अन्नपूर्ण पोष्टमा काठमाण्डौमा बिरामी महिलालाई बलात्कार गर्न खोज्ने डाक्टर पक्राउ परे भन्ने समाचार आयो । अर्को दिन काठमाण्डु पोष्टमा बाँकेमा नक्कली डाक्टरहरुले गाउँलेहरुलाई लुटे भन्ने समाचार आयो ।


कहालीलाग्दा समाचार सुनेर कसले गर्नसक्छ अस्पताल जाने आँट ? स्वास्थ्य क्षेत्रका विकृति त लेखिसाध्यै छैनन् । म त्यो पाटो खोतल्दिन अहिले । मैले हाम्रो स्वास्थ्य सेवाको भयावह अवस्थाका कारणले गर्दा नै धेरैजसो मानिस अन्य, दैवीशक्तिजन्य उपचार विधितिर आकर्षित भएका छन् भन्न खोजेको मात्रै हो । अलिअलि पैसा हुनेहरु निजी अस्पतालको चरम लापर्बाही र लूटबाट पीडित छन् । पैसा नहुनेहरु, गरिबहरु अस्पतालको गेटसम्म पुग्न पनि सक्दैनन्, उनीहरु ईश्वर, भगवान वा फुक्नेको शरणमै जान बाध्य छन् ।


यस्ता कहालीलाग्दा समाचार सुनेर कसले गर्नसक्छ अस्पताल जाने आँट ? स्वास्थ्य क्षेत्रका विकृति त लेखिसाध्यै छैनन् । म त्यो पाटो खोतल्दिन अहिले । मैले हाम्रो स्वास्थ्य सेवाको भयावह अवस्थाका कारणले गर्दा नै धेरैजसो मानिस अन्य, दैवीशक्तिजन्य उपचार विधितिर आकर्षित भएका छन् भन्न खोजेको मात्रै हो । अलिअलि पैसा हुनेहरु निजी अस्पतालको चरम लापर्बाही र लूटबाट पीडित छन् । पैसा नहुनेहरु, गरिबहरु अस्पतालको गेटसम्म पुग्न पनि सक्दैनन्, उनीहरु ईश्वर, भगवान वा फुक्नेको शरणमै जान बाध्य छन् । अन्य विकल्प छैन । बोक्सी या अन्य केही लागेको हो, ठीक भइहाल्छ भन्दै बस्नुपर्ने बाध्यता छ । यसको अर्थ सहरकै जनसंख्याको ठूलो हिस्सा स्वास्थ्य सेवाबाट पूर्ण रुपमा बन्चित छ, विमुख छ ।    

मैले वर्णन गरेको कुरा त सहरकै हो, नेपालको दोस्रो ठूलो सहर पोखराको । पोखरालाई लाहुरेहरु वा धनीहरुको वा वा पर्यटकीय सहर पनि भनिन्छ । यहाँ नै स्वास्थ्य सेवामाथि गाउँ र दूरदराजका र पैसा नहुने मानिसहरुको पहुँचको के हालत होला ? कल्पना गर्न पनि कठिन छ ।

अरु रोग र महामारीले जस्तै कोभिड–१९ ले पनि हाम्रो स्वास्थ्य सेवा कस्तो छ छर्लंग देखाइदिएको छ । हाम्रा सरकारहरुले नेपालको स्वास्थ्य क्षेत्रलाई कसरी ध्वंस पारेका रहेछन् भनेर सर्वसाधारणले पनि बुझ्नेगरी स्पष्ट देखिएको छ । अरु रोग र महामारीबाट जस्तै कोभिड–१९ बाट पनि ढिलोचाँडो पार पाइएला । यसरी पार पाउने क्रममा र त्यसपछि पनि हामी हाम्रो स्वास्थ्य क्षेत्रको आमूल परिवर्तनका लागि गम्भीर रुपमा लाग्नुपर्छ ।

अमेरिकामा अध्ययनरत लेखक बिक पीएचडी स्कलर हुन्

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.