बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कहिल्यै नथाक्ने कालिमाटी तरकारी बजार (फोटोफिचर)

बुधबार, १९ चैत २०७६, ०९ : ४७
बुधबार, १९ चैत २०७६

काठमाडौँका आधाभन्दा बढी जनसङ्ख्या उठेका पनि हुँदैनन् होला, कालिमाटीको तरकारी बजार भने आफ्नो नित्य कर्ममा लागिसकेको हुन्छ । उज्यालो नहुँदै त्यहाँ व्यापारी, किसान, कामदारको चहलपहल सुरु भइसकेको हुन्छ । उपत्यकाका प्रत्येक घरको भान्सामा आवश्यक तरकारी पु-याउने जिम्मा जो उसको काँधमा छ । जाडो, गर्मी, घाम, पानी – कालिमाटी तरकारी बजारलाई कुनै बहाना गरेर थाक्ने मौका छैन ।

कोरोनाभाइरसको सन्त्रासबीच पूरै देश यतिबेला ठप्प छ । हरेक मानिसको दैनिकी बदलिएको छ । तर, कालिमाटी तरकारी बजारको दैनिकी फेरिएको छैन । आज पनि त्यो त्यसरी नै चल्ने गरेको छ, जुन हिजोका दिनहरुमा चल्थ्यो । आज पनि कालिमाटी तरकारी बजारले तपाईं हामीको भान्सामा तरकारीको आवश्यकता पूर्ती गरिनै रहेको छ ।

यद्यपि, कालिमाटी तरकारी बजार कोरोनाभाइरसको संक्रमण फैलिने जोखिमबाट अछुतो छैन । भीडभाड हुने यहाँ सामाजिक दुरी कायम गर्नका लागि आधारभूत नियमहरु बनाइएका छैनन् । यसबारे पनि सम्बन्धित निकायले सोच्न जरुरी देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप