
दीपकराज गिरीले भने– घमन्ड त्याग्नुस्, म पनि त्याग्छु

काठमाडौं । अभिनेता दीपकराज गिरीले सबैलाई घमन्ड त्याग्न अनुरोध गरेका छन् । उनले सामाजिक सञ्जालमा एक भिडियो पोष्ट गर्दै सबैलाई घमन्ड त्याग्न अनुरोध गर्दै आफूले पनि त्याग्ने बताएका हुन् ।
उक्त भिडियोमा गिरीले लकडाउनको दिन गन्नु भन्दापनि आनन्दले घरमा रहन अनुरोध गर्दै यसो गर्दा सहज हुने बताएका छन् । लकडाउनमा आफूले बलिउड फिल्म ‘सञ्जु’ हेरेर धेरै कुरा सिकेको बताएका छन् ।
गिरीले ‘जे अनुभव गरे’ शीर्षकमा सार्वजनिक गरेको भिडियोमा आफु एटिएम मेसिनमा गएको र उक्त एटिएममा दैनिक ४–५ जना मात्र आउने गरेको उल्लेख गर्दै आजकाल पैसा पनि क्वारेन्टाइनमा बसेको भन्दै ब्यङ्ग्य गरेका छन् ।
गिरीले लकडाउनको कारण दुर्घटनाहरु समेत कम भएको उल्लेख यसलाई लकडाउनको सकारात्मक पक्षको रुपमा लिएको बताएका छन् ।
जे अनुभव गरे ......
Posted by Deepak Raj Giree on Tuesday, March 31, 2020

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ