शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कनिकाको पाँचौं परीक्षण पनि पोजेटिभ

बुधबार, १९ चैत २०७६, १४ : १०
बुधबार, १९ चैत २०७६

‘बेबीडल’ गीतकी  गायिका कनिका कपुरको कोरोना भाइरसको पाँचौं परीक्षण पनि पोजेटिभ देखिएको छ । ४१ वर्षीया गायिकाको सञ्जय गान्धी पोस्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ ।

कोरोनाभाइरसका प्रत्येक रोगीलाई ४८ घण्टाको फरकमा परीक्षण गरिन्छ । निगरानीमा नरहनका लागि कनिकाको रिपोर्ट दुईपटक नेगेटिभ हुनुपर्छ । कनिकाको पाँचौं पटक परीक्षण गरिएको हो ।

अस्पतालका निर्देशक तथा प्राध्यापक आर.के धिमानले एक वक्तव्य जारी गर्दै कनिकाको स्थिती स्थिर रहेको बताउँदै यसमा आत्तिनु नपर्ने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप