बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग भएको सम्झौता रद्ध, ५ करोड रुपैयाँ धरौटी पनि जफत

बुधबार, १९ चैत २०७६, १६ : ३९
बुधबार, १९ चैत २०७६

स्वास्थ्य उपकरण खरिद गर्नका लागि सरकारले ओम्नी समूहसँग गरेको सम्झौता रद्द गरेको छ । 

बुधबार स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले पत्रकार सम्मेलनमार्फत् उक्त सम्झौता रद्ध गरेको बताएका हुन् । 

स्वास्थ्य उपकरण खरिद गर्दा गरेको कबोल अनुसार ओम्नी ग्रुपले काम गर्न नसकेको र ३ किस्तामा ल्याउने भनेको सामान समयमै ल्याउन नसकेपछि सम्झौता रद्ध गरेको उनले बताए । 

साथै धरौटीवापत राखिएको ५ करोड रुपैयाँ जफत गरी कालोसूचीमा राखिएको महानिर्देशक श्रेष्ठले बताए । ओम्नीले बोलकबोल गरेको मध्ये १८ प्रतिशत सामान मात्रै नेपाल ल्याउन सकेको र थप सामान ल्याउन नसकेको तथा ल्याउने प्रतिवद्धता पनि जाहेर नगरेको भन्दै सम्झौता रद्द गरेको उनको भनाइ छ ।

विभागले सम्झौता गर्दा बजारमूल्यभन्दा अति महङ्गोमा सामान ल्याएर भ्रष्टाचार गरेको भन्दै चौतर्फी विरोधसमेत भएको थियो । 

उनले बिहीबार नयाँ प्रक्रिया सुरु गर्ने पनि बताए । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप