शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चीनमा मङ्गलबार थप ३६ मा कोरोना भाइरस सङ्क्रमण देखियो

बुधबार, १९ चैत २०७६, १७ : ५०
बुधबार, १९ चैत २०७६

एजेन्सी । चीनमा थप ३६ जना व्यक्तिमा हिजो मङ्गलबार कोरोना भाइरस सङ्क्रमण देखिएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले बुधवार जानकारी दिएका छन् ।    मङ्गलबार कोरोना भाइरस सङ्क्रमित देखिएका ३६ जनामा ३५ चीनकै नभएर बाहिरबाट आएका समाचारमा जनाइएको छ । एक जना मात्र चीनको गुआङ्डोङ प्रान्तको भएको बताइएको छ ।
 
यसैगरी मङ्गबार कोरोना भाइरस सङ्क्रमणको कारण सात जनाको मृत्यु भएको जनाइएको छ । मृत्यु भएका सात व्यक्तिमा ६ जना हुबेई प्रान्तको एक जना शाघाईका रहेका छन् ।  चीनको हुबेइ प्रान्तको उहान शहरबाट गत डिसेम्बरको अन्त्यबाट शुरु भएको कोभिड–१९ बाट विश्वभरी आजसम्म ४२ हजार ३४४ को मृत्यु भइसकेको छ  ।

आज प्राप्त पछिल्लो विवरणअनुसार संंसारभर आठ लाख ६० हजार १७८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक गरेकोे छ ।  यस प्रकोपबाट चीनमा ८१ हजार ५५४ कुल सङ्क्रमित भएका छन् भने, तीन हजार ३१२ को मृत्यु भएको छ । यसैबीच ७६ हजार २३८ निको भएर घर फर्किएका छन् । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप