शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आज राती हावाहुरीसहित वर्षाको सम्भावना

बुधबार, १९ चैत २०७६, १८ : ०७
बुधबार, १९ चैत २०७६

काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज राति देशका अधिकाश भू–भागमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताइन् । उनका अनुसार हाल देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा पूर्वी पहाडी भू–भागका केही स्थानमा हावाहुरीसहित वर्षा भइरहेको छ । सो प्रणालीको प्रभाव बढी पहाडी भू–भागमा पर्ने जनाइएको छ । 

राति देशका पहाडी भू–भागमा आंशिक बदली रही पहाडी भू–भागका धेरैजसो स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार देशका पहाडी भू–भागमा आंशिक बदली रही पहाडी भू–भागमा अपराह्नपछि एक–दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको बताइएको छ । 

शुक्रबार देशका पूर्व र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने औँल्याइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १२ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २८ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप