मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बंगलादेशबाट नेपाली विद्यार्थीको अपिल: ‘कोरोनाविरुद्धको युद्ध लड्न तयार छौँ, सरकार हामीलाई उद्धार गर’

बुधबार, १९ चैत २०७६, १८ : २४
बुधबार, १९ चैत २०७६

हामी चिकित्शा शिक्षा, हाम्रो समाज र देशलाई सेवा गर्नका लागि पढिरहेका छौं । कोरोनाभाइरसको महामारीले सारा देश पिरोलिरहेको  यस दयनिय अवस्थामा बिदेशमा घरभित्र लकडाउन भएर बस्न यो मनले मानिरहेको छैन ।

हामि कोरोनाबिरुद्धको यस लडाइमा सहभागी हुन चाहन्छौ, आफुले सिकेको सिप र ज्ञानले यस बखत देशका जनताको सेवा गर्न चाहन्छौ । व्यक्तिगत सुरक्षा उपकरण (पीपीई)को व्यवस्था गर सरकार, हामी अहोरात्र खट्न तयार छौं र अहोरात्र लड्न तयार छौं ।

यतिका दिनसम्म हामीले नेपाल सरकारको निर्णयलाई समर्थन गर्यौ, त्यसैले पनि उद्धार गर्नका लागि हामीले कुनै अवाज उठाएनौं । तर, सरकारले घोषणा गरेको पहिलो लक डाउनको अवधि सकिएर फेरि एक हप्ताको लागि थपिएको छ । तर अझैपनि सरकारले बिदेशमा फसेका आफ्ना नागरिकलाई स्वदेश फर्काउनका लागि तत्काल कुनै योजना नरहेको भन्नु कति सम्म न्यायसंगत कुरा हो ?  
 
प्रायजसो राष्ट्रले आफ्ना नागरिकहरुलाई स्वदेश फर्काइसकेको र फर्काउँदै गरेको अवस्थामा नेपाल सरकारको तयारी एवं व्यवथापन चित्त बुझ्दो छैन । बिगत १२ दिनदेखि हामी कलेजको होस्टेलमै सेल्फ क्वारेन्टाइनमा बसिरहेका छौं । सबै कलेजका होस्टेलहरुमा प्राय नेपाली विद्यार्थीहरु मात्र बाँकी रहेका छन् ।

चिकित्सा शिक्षाको विद्यार्थी भएकाले कोरोनाभाइरसको संक्रमण एवं रोकथामका बारेमा हामी सचेत छौं र यस अवस्थामा हामीले हाम्रो समुदायमा आफ्नो योगदान दिन सक्छौ । उद्धारका लागि यथाशिघ्र पहल गरिदिन नेपाल सरकारलाइ बिनम्र अनुरोध गर्दा छौं, नेपाल आउनु अघि हामी स्वास्थ्य परिक्षण गरेर मात्र आउनेछौं ।

नेपाल फर्किसके पछि पनि हाम्रो स्वास्थ्य परिक्षण होस् । नेपाल सरकारले क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको छ भने हामी त्यहाँ बस्न तयार छौं । यदि सरकारको तयारी भएको छैन भने पनि हामीले हाम्रो आफ्नो घरमै आफ्नो परिवारबाट छुट्टीएरै बेग्लै कोठामा सेल्फ क्वारेन्टाइनमा बसी स्थानिय निकाय एवं प्रशासनलाइ हाम्रो दैनिकी अवस्थाबारे आफै जानकारी गराउने छौं ।

यसमा हामी सरकारको निर्देशन पालना गर्न तयार छौं । यस घडीमा हामीलाई स्वदेश फर्कन जति आवश्यक छ त्यो भन्दा बढी हाम्रो आवश्यकता हाम्रो देश र हाम्रो समाजलाइ छ । 

उच्च जनघनत्व भएका कारण बंगलादेश कोरोनाभाइरस संक्रमणको उच्च जोखिममा रहेको कुरा हामी सबैलाई अवगत नै छ । परिक्षण गर्नका लागि चाहिने मेडिकल उपकरण अनि टेष्ट किट पर्याप्त मात्रामा नभएको कारण बंगलादेश सरकारले सार्वजनिक गरेको कोरोनाभाइरसको संक्रमित संख्याको तथ्यांकलाई सटिक मान्न सकिन्न ।

विश्व स्वास्थ्य संगठनले पनि बंगलादेश सरकारलाई यसबारे सचेत गराउँदै आएको छ । यस्तो अवस्थामा विद्यार्थीहरुले भोग्नु परेको मानसिक एवं पारिवारिक तनावको बारेमा सम्बन्धित निकायको ध्यानाकर्षण होस् ।

नवीन यादव 
अध्यक्ष नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएशन, बंगलादेश 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप