बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रामग्राम नगरपालिकामा प्रमुख उपप्रमुखसहित वडा अध्यक्षलाई पनि तलब

बिहीबार, १५ भदौ २०७४, १७ : ४१
बिहीबार, १५ भदौ २०७४

परासी । रामग्राम नगरपालिका नवलपरासीले ५९ करोड बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको आज बसेको प्रथम नगरसभामा ५९ करोड, १४ लाख, ९६ हजार रुपैयाँ प्रस्तुत गरेको हो । नगरपालिकाले नगरको कुल बजेटमध्ये (चालु) प्रशासनिक खर्चतर्फ २४ करोड, ६७ लाख, २७ हजार रकम बिनियोजन गरेको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिए । जसमध्ये प्रशासनिक खर्चतर्फ ६ करोड ५९ लाख ५९ हजार, सामाजिक सुरक्षातर्फ ८ करोड, शिक्षा र स्वास्थ्यतर्फ ९ करोड, ९८ लाख, ६९ हजार र एलजिसिडिपीतर्फ ९ लाख रुपैयाँ सार्वजनिक गरेको छ ।

यसैगरि पुँजीगततर्फ कुल बजेटको ३४ करोड, ४७ लाख, ६९ हजार रकम बिनियोज गरिएको छ । जसमध्ये वडानम्बर २,३,५ लाई ३५/४५ लाख र १,४,६,७,८,९,१०,११,१२,१३ लाई ४५/४५ लाख तथा १४ देखि १८ वडालाई ७०/७० लाख रुपैयाँ वडास्तरका योजना संचालन गर्न छुट्याएको छ । वडाहरुलाई ९ करोड, ५ लाख मात्र रहेको छ ।  

त्यस्तै नगर स्तरिय योजनाका लागि १२ करोड, ११ लाख, २० हजार, अन्य विभिन्न नगर स्तरिय योजना तथा कार्यक्रमका लागि ११ करोड, १० लाख, ३३ हजार, कृषि विकास कार्यक्रमका लागि १ करोड, १२ लाख, ३४ हजार रुपिया पुँजीगत खर्च तर्फ बिनियोजन गरिएको छ ।  

नगरपालिकाकाले सभामा चालु आर्थिक वर्षका लागि कृषि, पुर्वाधार, महिला तथा बालबालिका, पर्यटन, बन/वातावरण तथा सरसफाइ, घरेलु उद्योग, शिक्षा र सांस्कृति, मानव संसाधान, युवा तथा खेलकुद, सुचना तथा संचार, समाजिक सुरक्षा र स्वास्थ्य लगायतका शिर्षकमा ठोस निति तथा कार्यक्रमहरु बनाएको छ ।

प्रमुख उपप्रमुख सहित वडा अध्यक्षलाई पनि तलब
सभामा नगर प्रमुखलाई ३५ हजार, उपप्रमुखलाई ३० हजार र वडा अध्यक्षहरुलाई १८/१८ हजारका दरले मासिक पारिश्रमिक दिईने व्यवस्था मिलाइएको छ । नगरमा कुल १८ वटा वडा छन् ।  त्यस्तै वडा सदस्यलाई पारिश्रमिक नदई वर्षमा एक पटक चाडपर्व खर्च भनि १० हजारका दरले पर्व खर्च उपलब्ध गराईने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ । यता कार्यपालिकाका ८ सदस्यलाई  ईन्धन खर्चबापत मासिक ३ हजार सहित संचार खर्च मासिक ५ सय दिईने व्यवस्था गरिएको छ ।  नगरको बैठकमा प्रति सदस्य १ हजार भत्ता पनि तोकिएको छ । यसरी प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुको बार्षिक पारिश्रमिक खर्च मात्र ४६ लाख, ६६ हजार पुग्ने बताइएको छ । नगरसभाको उद्घाटन शत्र नगरि सोझै बन्दशत्र गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हुसेन अन्सारी
हुसेन अन्सारी
लेखकबाट थप