एकैपटक पेट्रोल र डिजेलको मूल्य १०/१० रुपैयाँले घट्यो
बुधबार, १९ चैत २०७६, १९ : २०
काठमाडौं । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य एकै पटक १०/१० रुपैयाँले घटेको छ । बुधबार नेपाल आयल निगमको संचालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँले घटाउने निर्णय गरेको हो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उच्च गिरावट आएसँगै दक्षिण एशियाली क्षेत्रमा पनि मूल्य घटेको र भारतीय आयल निगमले मूल्य घटाएर पठाएको थियो ।
अहिलेको निगमले स्वचालित मूल्य निर्धारण प्रणाली समेत तत्कालका लागि स्थगित गरेर नयाँ मूल्य निर्धारण गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य ९६ रुपैयाँ प्रतिलिटर, डिजेल र मट्टितेलको ८५ र हवाई इन्धनको ७५ रुपैयाँ आन्तरिक र ९५० प्रतिकिलोलिटर पर्ने छ ।
एलपी ग्याँसको हालको मूल्य भने यथावत छ। घटेको मूल्य बुधबार राति १२ बजेदेखि लागू हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेन्सन स्किमको मुद्दामा हाम्रो ऐक्यबद्धता छ : महासचिव राई
-
ट्रयाक्टरले किचेर एकको मृत्यु
-
आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक: मन्त्री अर्याल
-
‘बोक्सीको घर’ बारे प्रिमियरमा कसले के भने ?
-
रुसी सेनामा गएका नेपालीको अवस्थाबारे परराष्ट्रले जवाफ दिनुपर्छ : नेता पौडेल
-
क्लब छाड्ने निर्णयमा ज्याभीको यू–टर्न