शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उड्यो निगमको वाइडबडी अष्ट्रेलिया

बुधबार, १९ चैत २०७६, १९ : ३६
बुधबार, १९ चैत २०७६

काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाज अष्ट्रेलिया उडेको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको वाइड बडी एयरबस ३३० जहाज केहीबेरअघि अर्थात् साँझ ६ः१२ मिनेटमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट गन्तब्यतिर उडेको हो । 

निगमले मलेसियाको क्वालालम्पुर हुँदै अष्ट्रेलियाको शहर ब्रिश्वेन पुग्ने गरी आज साँझ ५ः३० बजे उडान तालिका बनाएको थियो । निगमको उड्डयन इतिहास मै पहिलो पटक वाइड बडी जहाजले लामो गन्तब्यको उडान भर्न लागेको हो । मलेसिया ट्रान्जिट हुँदै अष्ट्रेलियासम्मको यो उडान करिब १३ घण्टाको हुनेछ ।

आरए उडान नं ४१३१ को वाइड बडी जहाजले अष्ट्रेलिया र न्यूजिल्याण्डका नागरिकका निम्ति उद्धार उडान गर्न लागेको निगमका अपरेशन विभाग प्रमुख दिपु जहार्चनले बताए । उनले ६ जना चालक दलसहित २४ जनाको सञ्चालन टोली र २५० यात्रुसहितको उक्त अद्घितीय उडान फेरी क्वालालम्पुर हुँदै बिहीबार राति नेपाल अवतरण गर्ने तालिका रहेको जानकारी दिए ।

वाइड बडी जहाज बिहीबार राति १०ः५० बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । निगमले बिहिबार चीनको ग्वाङ्जाओ गन्तब्यमा कार्गो उडान गर्दैछ । चीनबाट कोभिड–१९ का लागि आवश्यक औषधि र उपकरण ल्याउन व्यवसायीले निगमको वाइड बडी जहाज चार्टर्ड गरेको बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप