मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र प्रहरी अस्पताल रातारात सार्ने षड्यन्त्र असफल

बुधबार, १९ चैत २०७६, २० : ०१
बुधबार, १९ चैत २०७६

कैलाली । डोटीको दिपायलबाट सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र प्रहरी अस्पताल धनगढीको कैलाली सार्ने काम रोकिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट डोटीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचत प्रेम आलेमगरको पहलमा प्रदेश प्रहरी कार्यालय र अस्पताल कैलाली सार्ने काम रोकिएको हो । 

सांसद आलेमगरले गृहमन्त्री राम बहादुर थापा ‘बादल’ र गृह सचिव महेश्वर न्यौपाने र प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीलाई ति कार्यालयहरु दिपायलबाट नसार्न दवाव दिएपछि स्थगित भएको हो ।

गृह मन्त्रालयले कुनै लेखापढी नगरी र स्वीकृति नै नदिइ अगाडि बढाइएको विषय कार्यान्वयन नहुने गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले रातोपाटीलाई बताए ।

‘यस विषयमा गृहमन्त्रालयले कुनै निर्णय गरेको छैन, गृहले स्वीकृत गर्ने विषय स्विकृति बिना कसरी कार्यान्वयन हुन्छ ? हुनै सक्दैन’, सचिव न्यौपानेले बताए । 

आफूलाई आएको जानकारीका आधारमा सम्बिन्धत पक्षको ध्यानाकर्षण गराइसकेको र सरकारको कुनै निर्णय नभएको विषयमा पत्राचार कसरी भयो भन्नेसमेत छानविन हुने गृह सचिव न्यौपानेको भनाइ छ । 

प्रहरी प्रधान कार्यालय नक्सालले ती दुवै कार्यालय दिपायलबाट कैलाली सार्न यही चैत १७ गते परिपत्र गरेको थियो । ती कार्यलयहरु जानकारी विनै सुटुक्क सार्न लागेको थाहा पाएपछि सांसद आलेले गृहमन्त्री, गृहसचिव तथा प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीसँग समन्वय गरी रोक्न लगाएका हुन् ।

सांसद आलेले यस विषयमा सहयोग गर्ने गृहमन्त्री रामबहादुर थापा, गृहसचिव न्यौपाने लगायत प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका स्वकीय सचिव राजेश वज्राचार्य, सचिवालय सदस्य दिपेन्द्र दाहाल, गृहमन्त्रीका स्वकीय सचिव प्रतिक थापालाई विशेष धन्यवाद दिएका छन् । 

मुलुक संघीय संरचनामा जाँदा सुदूरपश्चिमको अस्थायी राजधानी कैलालीको धनगढीमा तोकिएको थियो भने प्रदेश सभाले यस प्रदेशको स्थायी राजधानी कैलालीकै गोदावरीमा तोकेको छ । 

सांसद आलेमगरले यो निर्णयले संघीयताको मुलमर्ममाथि नै प्रहार गरेको भन्दै विकासमा पछि परेका दुर्गम र पहाडी जिल्लामा रहेका कार्यालयहरु सुगम स्थानमा सार्नु कुनैपनि हालतमा युक्तिसंगत नहुने भन्दै विरोध गरेका थिए । कार्यलयहरु सार्ने निर्णयप्रति सांसद आलेमात्रै नभएर स्थानीय बासिन्दा समेत आक्रोसित बनेका थिए । तर उक्त निर्णय रोकिएपछि डोटीका जनता खुशी भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप