शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनभर बोटलको पानी १० रुपैयाँमा बेच्ने निर्णय

बुधबार, १९ चैत २०७६, २१ : ३२
बुधबार, १९ चैत २०७६

काठमाडौं । नेपाल बोटल वाटर उद्योग संघले लकडाउन अवधिभर १० रुपैयाँमा पानी बेच्ने निर्णय गरेको छ।  

संघले बुधबार जारी गरेको विज्ञप्तिमा अहिलेको लकडाउनको अवस्थालाई मध्यनजर गर्दै लकडाउन अवधिभर १० रुपैयाँमा पानी बेच्ने निर्णय गरिएको उल्लेख छ । 

अहिले एक लिटर बोटलको पानीको खुद्रा मूल्य २० रुपैयाँ रहेकोमा लकडाउन अवधिभरका लागि खुद्रा मूल्य १० रुपैयाँ कायम गरिएको संघका अध्यक्ष सुवास भण्डारीले जानकारी दिए । 
तर, उपभोक्ताले पानी किन्दा ६० पिस किन्नुपर्ने सर्त भने संघले राखेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप