बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

१ सय ७१ जना रौतहटको क्वारेन्टाइनमा, एक जनालाई गरियो रेफर

बुधबार, १९ चैत २०७६, २१ : ४२
बुधबार, १९ चैत २०७६

रौतहट । रौतहटस्थित कोरोना भाइरस संक्रमणको आशंकामा क्वारेन्टाइनमा बस्ने बिरामीको संख्या दैनिक बढदै गएको छ । लकडाउन सुरु भएदेखि नै भारत लगायत विभिन्न स्थानबाट आउनेहरुलाई १६ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने ब्यवस्था भएसँगै बिरामीको संख्या बढ्दै गएको हो ।

मंगलबारसम्म क्वारेन्टाइनमा बस्ने बिरामीको संख्या १०६ रहेकोमा बुधबार १७१ पुगेको छ । रौतहट प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठका अनुासर जिल्लाको कटहरिया, मौलापुर, बौधीमाई, फतुवा बिजयपुर, गौर, ईशनाथ, राजपुर, चन्द्रपुरलगायतका स्थानमा रहेका १७ वटा क्वारेन्टाइन उनीहरु बसिरहेको छन् ।

एक महिनाअघि भारतको गुजरातबाट फर्केर घरमै बस्दै आएका कटहरिया ६ फतेपुरका एक जनालाई हिजो प्रहरीको सहयोगमा कटहरिया स्थित क्वारेन्टाइनमा राखिएको थियो ।

ती व्यक्तिलाई हिजैदेखि १०४ डिग्रीभन्दा बढी ज्वरो रहेकाले रौतहटका सिडिओ बाशुदेव घिमिरेको सलाह अनुसार बुधबार नारायणी अस्पताल बिरगञ्जमा रेफर गरिएको कटहरिया क्वारेन्टाइनका हेल्थ असिष्टेन्ट हरिनारायण साहले बताए ।

तिनको रेफर पछि हाल कटहरियास्थित जनता माबीको भवनमा सञ्चालित क्वारेन्टाइनमा २७ जना बिरामीको उपचार भइरहेको बताइएको छ । लामो समयसम्म भारतमा काम गरेर फर्केकाहरुलाई १६ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने अनिवार्य व्यवस्था रहेको रौतहटका सिडिओ बाशुदेव घिमिरेले बताए ।

आग्रहलाई अटेर गरेर बाहरिबाट आएर घरमै बसेको पाइएमा उनीहरुलाई कारवाही गरिने स्थानीय प्रशासनले चेतावनी दिएको छ  । तर कटहरियाको बिभिन्न वडामा बाहरिबाट आएकाहरु चुपचाप घरमै बस्ने गरेको पाइएको छ ।

छिमेकीले गरेको खबर अनुसार प्रहरी परिचालन गरेर बाहिरबाट आएकाहरुलाई प्रहरीले क्वारेन्टाइनसम्म पुरयाइरहेको देखिएको छ । क्वारेन्टाइनमा सुरक्षार्थ नेपाली सेना परिचालन गरिएको छ ।
७ वटा क्वारेन्टाइन ७५ जना नेपाली सेना परिचालन गरिएको बराहदलगण गौरका प्रमुख कर्णेल सामन्तधव्ज खाँणले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप