जापानमा ७३ देशका नागरिकलाई प्रवेश निषेध
बुधबार, १९ चैत २०७६, २३ : ०३
एजेन्सी । जापान सरकारले कोरोना भाइरसबाट सङ्क्रमित व्यक्ति आफ्नो देशमा नछिरुन भन्ने उद्देश्यले ७३ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ ।
प्रधानमन्त्री सिन्जो आवेले थप ४९ देशबाट जापान भित्रिन प्रतिवन्ध लगाइएको बताए । प्रतिवन्ध लगाइएका देशहरुमा अमेरिका, क्यानडा, चीन, दक्षिण कोरिया, दक्षिण पूर्वी एशियाका सात देशलगायत रहेका छन् । अत्यावश्यक बाहेकका भ्रमणहरु नगर्न पनि प्रधानमन्त्री आवेले सबैलाई आग्रह गरेका छन् ।
राजधानी टोकियोमा बुधवार कोरोना भाइरसबाट सङ्क्रमित थप ६५ जना भेटिएपछि प्रधानमन्त्री आवेले अन्तर्राष्ट्रिय आवागमनमा कडाइ गरेका हुन् ।
जापानमा मङ्गलवार पनि ७८ जना नयाँ बिरामी भेटिएका थिए । स्वास्थ्य अधिकारीहरुका अनुसार जापानमा अहिले सम्म कोरोना बाट संक्रमितको संख्या झन्डै तिन हजार पुगेको छ भने ७८ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी वर्षको नीति, कार्यक्रम र बजेट बनाउन म आफैँ कमान्ड गर्दैछु : प्रधानमन्त्री
-
सरकारले विपन्न महिलाहरूको ऋण मिनाहा हुने कार्यक्रम ल्याउने
-
सरकारले निर्माण व्यवसायीको समस्या तत्काल समाधान गर्नुपर्छ: सभापति सिंह
-
कमलसिंह ऐरीले लिए आयरल्यान्ड ‘ए’ को चौथो विकेट
-
केही समयपछि कांग्रेस फेरि सरकारमा आउँछ : महामन्त्री थापा
-
लगानी सम्मेलन : प्रदेशका आयोजनाको पनि ‘शो केस’ मा राखिने