शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हलिउड अभिनेता ज्याकको कोरोना संक्रमणबाट मृत्यु

बुधबार, १९ चैत २०७६, २३ : ४०
बुधबार, १९ चैत २०७६

एजेन्सी । प्रसिद्द हलिउड अभिनेता एन्ड्रयु ज्याकको कोरोना संक्रमणबाट निधन भएको छ । स्टार वार र ब्याटम्यान बेगिन्सजस्ता हलिउड फिल्महरुमा काम गर्ने अभिनेता ज्याकको मंगलबार बेलायतको एक अस्पतालमा निधन भएको हो । ७६ वर्षीय ज्याकलाई २ दिनअघि मात्र कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।

उनको कोरोना संक्रमणबाट मृत्यु भएको उनका सहयोगी जिन म्याको कुलेजले जानकारी दिएका छन् । पछिल्लो समय उनी स्वतन्त्र जीवन बिताइरहेका थिए । उनकी पत्नी गेब्रियल रोजर्स पनि अष्ट्रेलियामा क्वारेन्टाइनमा रहेकी छिन् । पतिकोृ निधनमा समेत उनी उपस्थित हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप