बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आज मेघ गर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना

बिहीबार, २० चैत २०७६, ०८ : ०२
बिहीबार, २० चैत २०७६

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभाव रहेको देखिन्छ।

महाशाखाले हाल भने हाल देशभर मौसम सामान्यतया सफा रहेको जनाएको छ । 

महाशाखाले आज दिउँसो देशका पहाडी भू–भागमा  आँशिक बदली हुने र  अपरान्हतिर थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको जानकारी दिएको छ  । अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख छ । 

राति भने  देशका पहाडी भू–भागमा आँशिक बदली रही पहाडी  भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन, चट्याङ तथा असिना सहित वर्षाको सम्भावना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप