च्याम्पियन्स लिग र युरोपा लिग अनिश्चितकालका लागि स्थगित
युरोपियन फुटबल महासंघ (युईएफए) ले यस सिजनको च्याम्पियन्स लिग र युरोपा लिग फुटबल अनिश्चित कालका लागि स्थगित गरेको छ । युईएफएमा आवद्ध ५५ देशका प्रतिनिधिबीच बुधबार भएको भिडियो कन्फ्रेस बैठकले उक्त निर्णय गरेको हो ।
युईएफएले अर्को सिजनको क्यालेन्डर सार्ने र जुनसम्मको सबै खाले अन्तर्राष्ट्रिय फुटबल स्थगित गर्ने निर्णय पनि गरेको छ । यसअघि युरो कपको प्ले अफ खेल जुनमा हुने तालिका थियो । यस निर्णयले मे मा हुने वुमन्स च्याम्पियनन्स लिगको फाइनल खेलपनि अनिश्चितकालको लागि सरेको छ ।
बैठकले युरोपका अन्य लिग रद्द गर्ने या सुचारु गर्ने भन्ने विषयमा कुनै पनि निर्णय गर्न सकेको छैन । यसअघि प्रिमियर लिग अप्रिल ३० सम्म स्थगित गरिएको थियो । अन्य लिगहरु पनि स्थगित भएका छन् । कोरोनाको संक्रमणले बीचमा रोकिएको जारी सिजनको लिग फुटबल अन्त्य हुन नसके के गर्ने भन्ने अन्योलता बढेको छ ।
लिग सक्नकै लागि यसअघि युरोकप एकवर्ष पछि सारिएको थियो । युईएफएले यदि जुन महिनासम्म रोकिएको लिग सुरु गर्न नसके सिजन त्यतिकै अन्त्य हुने बताउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन