सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस परीक्षण गर्ने मेसिन जडान गरियो
बिहीबार, २० चैत २०७६, १० : ४१
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस परीक्षण गर्ने मेसिनको जडान गर्ने कार्य सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा सो मेसिनको जडान कार्य सम्पन्न भएको हो ।
संघीय सरकारले चीनबाट खरिद गरेको मेसिन जडान गर्न सेती प्रादेशिक अस्पतालमा विज्ञ टोलीसहित पठाएको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले रातोपाटीलाई जानकारी दिए । केही प्राविधिक काम सकेर आजैदेखि परीक्षण सुरु गरिने सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।
एक स्याम्पल चेक गर्न एक घण्टा दश मिनेट लाग्ने बताइएको छ । कोरोना परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाएको मेसिन आईपोनेटीक कम्पनीको भएको समेत जानकारी दिइएको छ ।
अस्पतालका डां जगदिश जोशीले केही प्राविधिक काम सकेपछि आज साँझसम्मबाट स्याम्पल परीक्षण सुरु हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै