शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

९० वर्षीया वृद्धाले भनिन्ः ‘मेरो जीवन उत्कृष्ट रह्यो, मलाई होइन युवाहरुलाई राख भेन्टिलेटरमा’, भयो मृत्यु

बिहीबार, २० चैत २०७६, १० : ५५
बिहीबार, २० चैत २०७६

कोरोना भाइरसबाट ग्रसित बेल्जियमकी एक ९० वर्षीया वृद्धाले निःस्वार्थ भावनाले भेन्टिलेटर प्रयोग गर्न अस्विकार गरेपछि मृत्यु भएको छ ।  उनले डाक्टरलाई भेन्टिलेटर आफ्ना लागि नभई युवावस्थामा रहेका बिरामीका लागि प्रयोग गरिदिन आग्रह गरेकी थिइन् ।

बेल्जियमको लुबिक नजिकैकी बासिन्दा सुजेन होइलार्टस्लाई कोभिड–१९ ले संक्रमण गरेपछि मार्च २० मा अस्पताल भर्ना गरिएको थियो । कोभिड–१९ को संक्रमणका कारण उनको स्वास्थ्य अवस्था निकै नाजुक भएको थियो ।

कोभिड–१९ विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएपछि स्यानिटाइजर, मास्कलगायत अति आवश्यक मेडिकल उपकरणको पनि अभाव भइरहेको भन्ने खबरमा बीच यो समाचार सार्वजनिक भएको हो ।

सुजेनले आफूलाई भोक नलागेपछि र सास फेर्न गाह्रो भएपछि डाक्टरको सहायता लिएकी थिइन् । उनको अस्पतालमा राखेर उपचार गरिएको थियो जहाँ उनलाई कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भयो । उनको आइसोलेशनमा राखेर उपचार भइरहेको थियो । अर्थात्, उनकी छोरीले आफ्नी आमालाई भेट्न पाएकी थिइनन् ।

डेली मेलमा प्रकाशित खबर अनुसार उनले डाक्टरलाई भनेकी थिइन्, ‘म भेन्टिलेटर प्रयोग गर्न चाहन्नँ । मेरो साटो यसलाई कम उमेरका बिरामीका लागि प्रयोग गरिदिनुहोस् । मेरो जीवन त उत्कृष्ट रह्यो ।’

सुजेनको अस्पताल भर्ना गरेको दुई दिनपछि अर्थात् मार्च २२ तारिखमा मृत्यु भएको हो ।

उनकी शोकाकुल छोरी जुडिथले डच पत्रिका हेत लात्से न्यूवुसलाई भनिन्, ‘मैले उहाँलाई अन्तिम पटक बिदाईसमेत गर्न पाइनँ । उहाँको अन्तिम संस्कारमा भाग पनि लिन पाइनँ ।’

जुडिथका अनुसार उनकी आमा घरभित्रै बस्दा र लकडाउनलाई कडा रुपमा पालना गर्दासमेत कसरी संक्रमित भइन् भनेर उनको परिवार अलमल्लमा परेको छ ।

वर्ल्डोमिटरका अनुसार बेल्जियममा अहिलेसम्म ८ सय २८ जनाको मृत्यु भएको छ भने १३ हजार ६ सय १४ जना संक्रमित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप