शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

छोरी बलात्कारका आरोपी हिरासतमै झुण्डिएको अवस्थामा मृत फेला

बिहीबार, २० चैत २०७६, ११ : ५९
बिहीबार, २० चैत २०७६

बुटवल ।   कपिलवस्तुमा एक ब्यक्ति प्रहरी हिरासतभित्रै झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । केहि दिनअघि आफ्नै छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका वाणगंगा नगरपालिका वडा नम्वर ८ का एक ब्यक्ति ईलाका प्रहरी कार्यालय पिपराको प्रहरी हिरासतमा झुण्डिएको अबस्थामा मृत फेला परेका हुन् । गत फागुन १८ गते छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका परेका  उनी विरुद्ध फागुन १९ गते म्याद थप गरि प्रहरीले हिरासतमा राखेको थियो । आज बिहान उनी  शौचालय गएको बेला झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरी निरक्षक आयुष जेशीले बताए ।

उनले भने– ‘हामीले करिब ७ बजेतिर मात्रै थाहा पायौं’ जोशीले भने, ‘अहिले शव यथास्थान मै राखेर अनुसन्धान भइरहेको छ ।’  उनका अनुसार प्रहरीले आफ्नो अनुसन्धानको काम सबै सकेर सरकारी वकिलको कार्यालयमा फाईल बुझाएको थियो । तर लक डाउनका कारण यथास्थान मै राख्न आदेश  भएअनुरुप अहिले पनि उनलाई हिरासतमै राखिएको थियो ।’

२५ दिनभित्रै  पुर्पक्षका लागि थुनामा राख्ने वा छाड्ने आदेश अदालतबाट भई सक्नुपर्नेमा उनलाई हिरासतमा राखिएको एक महिना नाघेको छ ।  अधिवक्ता बिष्णु बलालका अनुसार २५ दिनभन्दा बढि  प्रहरी हिरासतमा राखिनु ग्रैहकानुनी हो । ‘लक डाउन भएपनि अदालत पूर्ण रुपमा बन्द छैन । न्यायाध्रीश नभए पनि श्रेस्तेदारमार्फत  २५ दिनभित्रै पुर्पक्षका लागि थुनामा वा तारेखमा छाड्ने आदेश गराइनु पर्दथ्यो’ अधिवक्ता वलालले भने  ।
कपिलवस्तुका प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लसँग सम्पर्क राख्दा आफु  घटनास्थलमै आएर अनुसन्धान गरिरहेको जानकारी दिए । उनका अनुसार बलात्कार आरोपी बिहान करिव साढे चार बजेतिर शौचालयतिर गएका थिए ।

अट्याच बाथरुमसहितको शौचालयको भ्यान्टिलेटरमा आफैले विछाएको तत्नाको पासो लगाई उनी झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । ‘माथिबाट पनि हेर्न मिल्छ’ डिएसपी मल्लले भने, ‘अहिले यहाँ मानवअधिकारवादी, पत्रकार र जनप्रतिनिधिहरुसहितको टोलीले हेरिरहेका छौं, त्यस्तो अवस्थामा उनी झुण्डिएका छन् ।’ बलात्कार गरेको भन्दै जाहेरी दिने बालिकाकी आमा हुन् । श्रीमानले छोरीलाई पटक–पटक बलात्कार गरेको आरोप लगाउँदै जाहेरी दिएको प्रहरी निरक्षक जेसीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप