केन्द्रीय संस्करण

‘सेल्फ क्वारेन्टाइन’ मा हुनुहुन्छ ? यी विषयमा ध्यान दिनुस्

person explore access_timeचैत २०, २०७६ chat_bubble_outline0

कोरोना भाइरसका कारण सिर्जित लकडाउनको अवस्थामा तपाईं खाद्यान्न र अन्य सामाग्री जोहो गरेर राख्न सक्नुहुन्छ । तर यो ध्यानमा राख्नुपर्छ कि तपाईंले खाद्यान्न किन्दै गर्दा बजारमा कुनै अभाव सिर्जना नहोस् । अपतकालबाट बच्नका लागि हरेक परिवारसँग एउटा योजना हुनुपर्छ । 

आवश्यकताभन्दा बढी सामना नकिन्नुस् 
आवश्यकताभन्दा बढी सामान खरिद नगर्नुस् । ‘पेनिक बाइङ’ का कारण कतिपय मानिसहरु ट्वाइलेट पेपरका लागि पनि लड्दै गरेको भेटिन्छन् । कतिजना अस्पतालबाट सेनिटाइजर तथा मास्क समेत चोर्दैछन्  ।

तपाई आफ्नो समाज र आफु पनि यो वाचा गर्नुस् कि एकपटक खरिद गर्दा साता दिन पुग्नेभन्दा बढी सामान किन्नु हुनेछैन । पसलमा अहिले सामानको कमी देखिएपनि खाद्य पदार्थ उत्पादन गर्ने कम्पनीले सामाग्री उपलब्ध हुने भरोसा दिलाएका छन् । यदी तपाईले सामान पाउनु भएन भने कहिलेसम्म उपलब्ध हुनछ भनेर पसलवालासँग सोध्न सक्नुहुन्छ । तपाईले धेरै सामान किनेकै कारण अति आवश्यकता परेका व्यक्तिलाई यसको अभाव हुनसक्छ, यसलाई विषय ध्यान राख्न जरुरी छ । 

सही तरिकाले जुटाउनुस् खाद्यान्न 
अनिश्चित भविष्यका लागि सामानको संग्रह गर्नु आफैमा मुस्किल काम हो । तपाई लकडाउन अवधिभरका लागि कसरी सामानको संग्रह गर्नुहुन्छ ? चाहे तपाईलाई मनपर्ने भोजन जेसुकै होस्, तपाईले पोषक भोज्य पदार्थ दैनिक खानुपर्छ । जसकारण रोग प्रतिरोधक क्षमता मजबुत होस् । यस समय प्रोसेस्ड फुड, जंक फुड, स्न्याक्स या अति चिनीयुक्त प्याकेटमा बन्द खानाको प्रयोग नगर्नुस् । ज्यादा प्रोटिवाला खाद्यपदार्थ, फल र सागसब्जी खानाले तपाईको रोग प्रतिरोधक क्षमता सही रहन्छ । डायबिटीज या हृदय रोग तब हुन्छ, जब लामो समयसम्म तपाईंको खानपान खराब रहन्छ । 

तर खराब खानपानले तपाईको रोग प्रतिरोधक क्षमता तुरुन्त कमजोर हुन्छ । त्यसैले यसबाट बच्न यी उपाय लगाउनुस् ।

आपतकालका लागि राख्नुस् सामान – कोरोना भाइरस सम्बन्धी आपतकालीन स्थितीका लागि तपाईले एकैपटक सबै किन्नुपर्ने जरुरी छैन । फ्रोजेन फूड, बट्टामा बन्द या क्यानमा बन्द फूड र लामो समयसम्म टिकने रेफ्रिजरेटेड फूड किन्नुहोस् । यो होम क्वारेन्टाइनका लागि काम आउँछ । दैनिक प्रयोगका लागि ताजा सामान नै लिनुस् । 

पोषणका लागि योजना 
राम्रो स्वास्थयका लागि तपाईले प्रोटिन, सागसब्जी, फल, अनाज र फ्याटयुक्त भोजन गर्न जरुरी छ । माछा, अन्डा, टोफु, गेडागुडी, सागसब्जी, बर्गरलगायतका खाद्य पदार्थ दैनिक ३ देखि ४ पटक खानुस् । दैनिक कम से कम साढें २ कप सागसब्जी र १ वा २ वटा पल खानुस् । गाजर जस्ता फल, सेब र नारंगी रेफ्रिजेरेटरमा पनि राख्न सकिन्छ । तपाईले किनोओ वा ब्राउन रौइस दैनिक ३–४ पटक अन्नका रुपमा प्रयोग गर्न सक्नुहुन्छ । गहँुबाट बनेको पास्ता या दाल पनि लिनुहोस् । बदाम, गेडागुडी, बटरलगायत पोषक स्न्याक्स राख्नुहोस् । दही, आल्मन्डको दुध पनि राम्रो हुन्छ । डेरी उत्पादन प्रयोग गर्दा सकभर चिनी नमिसाउनुस् । 

पाल्तु जनावरको ख्याल 
तपाईले आफ्नो पाल्तु जनावकरका लागि पनि खाद्यान्न, औषधीलगायतको जोहो गरेर राख्न सक्नुहुन्छ किनकी यो समय तपाईको जनावरलाई कुनै औषधी चाहियो भने बाहिर पाइदैंन । 

थर्ममिटर राख्नुस् 
कोरोना भाइरसको संक्रमणले प्राय ज्वरो आउँछ । त्यसैले घरमा थर्ममिटर राख्नुस् । थर्ममिटरलाई अल्कोहलले सफा पनि गर्नुस् ।

अस्पतालको जानकारी राख्नुस् 
आपतकालमा तपाईलाई थाहा हुन जरुरी छ कि तपाईको नजिककै कुन कुन अस्पताल छन् । यो पनि जानकारी राख्नुस् कि तपाईको घर अगाडिको अस्पताल बिमा योजनाको नेटवर्कमा समावेश छ कि छैन । तपाईले अस्पताल गएर पनि हेर्नुपर्छ, जसकारण तपाईलाई एमर्जेसन्सी रुम कता छ भन्ने थाहा होस् । 

छिमेकीहरुको ध्यान राख्नुस् 
तपाई आफ्ना छिमेकीहरुसँग सम्पर्कमा रहनुस् । उनीहरुसँग पनि बुझ्नुस कि उनीहरुले भाइरसको संक्रमण रोकथामको कस्तो तयारी गरेका छन् । नम्बर लिएर राख्नुस् । तपाईहरुको घरमा एकअर्का बिरामी पर्दा सहयोग आदनप्रदान हुनसक्छ । 

इमर्जेन्सी थैलो 
तपाईलाई संक्रमण भयो भने क्वारेन्टाइनका लागि अचानक घर छाड्नुपर्ने हुनसक्छ । त्यसैले आवश्यक सामाग्रीको सुची पहिल्यै तयार गरेर राख्नुस् । टुथ ब्रस, पानीको बोतल, मोबाइल चार्जरलगायत अत्यावश्यक सामाग्रीलाई एउटा थैलीमा राख्न सक्नुहुन्छ । घरबाट अस्पताल जाने बाटोमा तपाईले मास्क लगाउनपर्छ , ताकी बाटोमा अन्यलाई वा अस्पतालका कर्मचारीलाई संक्रमण नफैलियोस् । 

जरुरी कागजात तयार राख्नुस् 
के तपाईको घरमा कसैले जानेको छ कि तपाईको अत्यावश्यक कागजात कहाँ छ । यस्ता दस्तावजेलाई एकै ठाउँमा राख्ने वा डिटिजल फाइल बनाउने गर्नसक्नुहुन्छ । पासपोर्ट, जन्म प्रमाणपत्र, सामाजिक सुरक्षा कार्डलगायत यसमा हुनसक्छन् । यहाँ स्वास्थ बिमाको कपी, तपाईले यसअघि चेकजाँच गराएका कागज पनि हुनसक्छन् । परिवारका मानिसहरुको सम्पर्क सुची पनि हुन्छ । यसलाई एकै ठाउँ मिलाएर राख्नुस् । –एजेन्सीको सहयोगमा रातोपाटी

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.