शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनमा सवारी पास अनुमतिपत्र वितरण बन्द

बिहीबार, २० चैत २०७६, १३ : ३१
बिहीबार, २० चैत २०७६

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले लकडाउनको समयमा अत्यावश्यक कामका लागि प्रदान गर्दै आएकोे सवारी पास (अनुमति पत्र) वितरण बन्द गरेको छ । कार्यालयले बुधबार  सूचना जारी गर्दै सबै प्रकारका पास वितरण बन्द गरेको जानकारी दिएको हो । 

पास लिन प्रशासनमा दिनहुँ भीडभाड बढ्दै गएपछि प्रशासनले यस्तो निर्णय लिएको कार्यालयका प्रशासकीय अधिकृत इश्वर सिंखडाले जानकारी दिए । उनले सरकारको निर्णय अनुसार अनुमति पाएकाले आफ्नो परिचयपत्रका आधारमा सवारीसाधन चलाउनसक्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप