शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना महामारीः स्पेनमा एकैदिन ८६४ को मृत्यु

बिहीबार, २० चैत २०७६, १३ : ३९
बिहीबार, २० चैत २०७६

एजेन्सी । स्पेनमा कोरोनाभाइरसका कारण एकै दिनमा ८६४ मृत्यु भएको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोविड–१९ को महामारीबाट एकै दिनमा स्पेनमा मृत्यु हुने व्यक्तिको सङ्ख्या  यो सब भन्दा बढी भएको समाचारमा जनाइएको छ ।
 
स्पेनमा १ लाख ४ हजार ११८ कुल सङ्क्रमित भएका छन् भने, नौ हजार ३८७ को मृत्यु भएको छ । यसैबीच २२ हजार ६४७ निको भएर फर्किएका छन् ।  यसैगरी इटालीमा एक दिनमा ७२७ मृत्यु भएको छ । इटालीमा केही दिनयताको तुलना कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिको सङ्ख्यामा केही कमी आएको छ । 

यसैबीच फ्रान्समा पनि एकै दिनमा ५०९ मृत्यु भएको छ । फ्रान्समा पनि कोरोना भाइरसको सङ्क्रमण शुरु भएयताको नै यो सब भन्दा बढी सङ्ख्या हो । युरोपमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ३२ हजार नाघिसकेको छ । 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुर्टेरसले कोरोना भाइरसको महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती भएको बताउनु भएको छ । –एएफपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप