शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना उपचारका लागि नेपाल आयल निगमले दियो ५० करोड, कोषमा कति पुग्यो रकम ?

बिहीबार, २० चैत २०७६, १४ : ३९
बिहीबार, २० चैत २०७६

काठमाडौं । नेपाल आयल निगमले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा ५० करोड रकम जम्मा गरेको छ । 

नेपाल आयल निगमको बुधबार बसेको बैठकले उक्त रकम दिने निर्णय गरेअनुसार सो रकम बराबरको चेक बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हस्तान्तरण गरेको निगमले जनाएको छ ।

भूकम्प, बाढी पहिरो जस्ता विपतको समयमा पनि सरकारलाई सहयोग गर्दै आएको बताउँदै निगमले कोरोनामा महामारीको विषम परिस्थितिमा रोगको रोकथाम तथा उपचारका लागि कोषमा सहयोग गरिएको निगमले बताएको छ । साथै निगमले सबैलाई स्वच्छिक सहयोग गर्न समेत अपिल गरेको छ । 

बुधबार बसेको निगमको संचालक समितिको बैठकले अर्को महत्वपूर्ण निर्णय पेट्रोलियम पदार्थ(पेट्रोल, डिजेल र मट्टितेल)को मूल्य समान १०÷१० रुपैयाँ घटाउने निर्णय समेत गरेको थियो । त्यस्तै हवाई इन्धनको मूल्य १५ रुपैयाँले घटाउने निर्णय गरेको थियो । 
सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारी कोष खडागरी स्वेच्छिक सहयोग गर्न आग्रह गरेको छ । 

उक्त कोषमा हालसम्म झण्डै ७५ करोड जम्मा भैसकेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप