बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एनआरएनए युरोपद्वारा कोरोनाविरुद्ध लड्न ६० लाख सहयोग

बिहीबार, २० चैत २०७६, १५ : ०१
बिहीबार, २० चैत २०७६

लन्डन । विश्वभरी महामारीको रुपमा फैलिएको  कोरोना भाइरस (कोभिड -१९) विरुद्ध लड्न गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आह्नान गरेनुसार युरोप संयोजक नारायण आचार्यको अध्यक्षतामा युरोपियन क्षेत्रको बैठक सम्पन्न भएको छ । 

बैठकले कोरोना  विरुद्ध लड्न युरोपका सम्पूर्ण एनसीसीहरुको ऐक्यबद्धताको साथ न्यूनतम ६० लाखको एक आपतकालीन कोष स्थापना गर्दै अत्यावश्यक सहयोगको लागि कोरोना प्रभावित स्थानहरुमा परिचालन गर्ने निर्णय गरेकाे छ ।
 स्काईपको माध्यमबाट सम्पन्न उक्त अनलाईन बैठकमा विशेष आमन्त्रितको रुपमा महासचिब डा हेमराज शर्मा र कोषाध्यक्ष महेश श्रेष्ठले समेत सम्बोधन गरेका थिए ।

उनीहरुले एनआरएन केन्द्रले यस बारेमा लिएका कदमहरुको बारेमा बैठकलाई जानकारी गराएका थिए । 

बैठकबाट संयोजक नारायण आचार्यको अध्यक्षतामा तिनै जना उप-संयोजकहरु, यूरोप क्षेत्रबाट प्रतिनिधित्व गर्ने  सम्पूर्ण आईसीसी सदस्यहरु, यसै क्षेत्रबाट प्रतिनिधित्व गरेका मानार्थ परिषद सदस्यहरु, एनसीसी अध्यक्ष तथा महासचिवहरु र युरोपक्षेत्र महिला तथा युवा संयोजक सम्मिलित  एनआरएनएन कोभिड - १९ सहयोग समिति गठन गरिएको यूरोप उप-संयोजक कृष्णप्रसाद तिमिल्सिनाले जानकारी दिए।

 जसको ११ सदस्यीय सचिबालयमा संयोजक नारायण आचार्य, उप-संयोजक त्रय मुक्त बहादुर गुरुङ,कृष्ण प्रसाद तिमिल्सिना र  शुक्र राज न्यौपाने तथा आईसीसी सदस्यहरु रामशरण सिम्खडा (यूके), सुभाष जोशी (बेल्जियम) सुनिल रानाभाट (स्पेन)  बिजय मोक्तान (जर्मन) र चिन्तामणी सापकोटा (स्पेन) रहेका छन् ।
 सोही बैठकले केन्द्रमा गठित स्वास्थ कार्यदलसंगको निकट सहकार्यमा युरोप क्षेत्रमा रहेको स्वास्थ्य विज्ञहरु रहने गरी डा बोधराज सुबेदी संयोजक रहेको एक उप-समिति समेत गठन गरेको छ ।

समितिले आजको मितिबाट कामको थालनी गर्दै कोभिड -१९ को चरम प्रभाव रहेको यूरोपका देशहरुको खास समस्याको वास्तविक पहिचान गरी लागत राख्न शुरु गर्ने, सहयोगको आधार तथा प्रकार अल्पकालिन तथा दीर्घकालिन रुपमा गर्न सकिने सहयोगको समेत पहिचान गरी मूल समितिमा १ हप्ता भित्र प्रतिबेदन समेत पेश गर्ने निर्णय गरेको छ ।

 गैर-आवासीय नेपाली संघ केन्द्रमा रहेको उच्चस्तरीय समितिको मातहत तथा समन्वयमा युरोप क्षेत्रमा काम गर्ने तथा केन्द्रसँग आपसी सहयोगको लागि आह्वान समेत गर्ने बैठकले निर्णय गरेको आईसीसी सदस्य रामशरण सिम्खडाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप