बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोना अस्पतालमा युवकको मृत्यु प्रकरण: काँग्रेससहित तीन दलद्वारा छानविनको माग

बिहीबार, २० चैत २०७६, १६ : ३१
बिहीबार, २० चैत २०७६

बुटवल । बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पतालको आइसोलेसन वार्डमा उपचारका क्रममा मृत्यु भएका ३४ वर्षीय बाबुराम थापाको पाँच दिनसम्म पनि शव उठ्न सकेको छैन् ।  बैदेशिक रोगजारीका लागी दुवई गएका थापा फर्केपछि उपचारका लागि कोरोना अस्पताल आएका थिए । 

उनको अस्पालमा उपचार गर्दागर्दै गत आईतबार मृत्युभएप्छि उनका आफन्तहरुले शव वुझेका छैनन । थापाका आफन्तले अस्पतालको लापरवाहीका कारण मृत्यु भएको भन्दै शव नबुझेपछि स्थानीय दलहरुले समेत साथ दिएका छन् ।

उपचारमा अस्पतालको लापरवाहीका कारण पतिको मृत्यु भएको भन्दै पत्नी रिता थापाले न्याय नपाउंँदासम्म शव नबुझ्ने अडान लिएकी छन् । यसबीचमा प्रमुख विपक्षी दल नेपाली काँग्रेस, समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत विभिन्न संघसंस्थाले थापाको उपचार प्रकृयाको स्वतन्त्र र सर्वपक्षीय समितिमार्फत छानविन गर्न र पीडित परिवारलाई उचित राहत दिन माग गरेका छन् । 

नेपाली काँंग्रेस रुपन्देही ५ का प्रदेशसभा सदस्य फखरुद्दिन खान र रुपन्देही ३ की प्रदेशसभा सदस्य रमा अर्यालले थापाको उपचारमा अस्पतालको गम्भीर लापरवाही भएको भन्दै सर्वपक्षीय स्वतन्त्र छानविन समिति गठन गरी सत्यतथ्य बाहिर ल्याउन,दोषीलाई कारवाही गर्न र पीडित परिवारलाई उचित राहत प्याकेजको व्यवस्था गरी मृतकको शब उठ्ने वातावरण बनाउन मुख्यमन्त्री शंकर पोखरेलको ध्यानाकर्षण गराएका छन् ।

उनीहरुले बुझाएको ध्यानाकर्षण पत्रमा कोरोना विशेष नामाकरण गरिएपनि भेन्टिलेटर,आइसीयू जस्ता आवश्यक उपकरण जडान नै नगरी अस्पतालमा विरामी भर्ना गर्नु, १३ गते भर्ना भएका विरामीको चार दिनसम्म स्वाब परीक्षण गर्न नपठाउनु अस्पताल र चिकित्सकको गम्भीर लापरवाही रहेको उल्लेख छ ।

उनीहरुले मृतक परिवारको आर्थिक अवस्था अत्यन्त नाजुक रहेको उल्लेख गर्दै दुईजना नाबालक छोराको पालनपोषण र शिक्षाको प्रबन्धका लागि प्रदेश सरकारले राहत दिनुपर्ने माग गरेका छन् । समाजवादी पार्टी प्रदेश ५ समितिले पनि ‘कोरोना विशेष’ नामाकरण गरिएको अस्पतालमा आवश्यक उपचार सामग्रीको उचित व्यवस्था नहुंदा विरामीले राम्ररी उपचार नपाई ज्यान गुमाउनुपरेको भन्दै यसमा सरकारको लापरवाही भएको ठहर गरेको छ । पार्टीका प्रदेश अध्यक्ष अशोक यादवले प्रेस विज्ञप्ति जारी गर्दै कोरोना रोकथामका लागि १२ वटै जिल्लाको सूचना संकलन,विश्लेषण र रणनीति बनाउन,अनुगमन गर्न, व्यवस्थापनमा देखिएको फितलोपन अन्त्य गर्न,खर्च व्यवस्थापन पारदर्शि बनाउन सर्वपक्षीय प्रदेशस्तरीय समिति बनाउन माग गरेका छन् ।

नेपाली काँग्रेस बुटवल उपमहानगर समितिले पनि थापाको मृत्युमा अस्पताल र चिकित्सकको लापरवाही देखिएको भन्दै निष्पष छानविन गरी दोषीलाई कारवाही, पीडित पक्षलाई उचित राहतको व्यवस्था गर्न माग गरेको छ । नगर सभापति खेलराज पाण्डेले बिहीबार विज्ञप्तिमार्फत यस्तो माग गरेका हुन् । उनले लकडाउनको मारमा परेकालाई राहत वितरण एकलौटी नगरी सर्वदलीय र सर्वपक्षीय समितिमार्फत गर्न, स्वास्थ्यकर्मीलाई आवश्यक स्वास्थ्य सुरक्षा सामग्री पर्याप्त मात्रामा उपलब्ध गराउन माग गरेका छन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी बुटवल उपमहानगर समिति अध्यक्ष निरतप्रताप खाँणले पनि कोरोना अस्पतालमा लापरवाहीको कारण ज्वरोका विरामी थापाको मृत्यु  हुन गएको भन्दै निष्पक्ष छानविन गनुपर्ने माग गर्दै यसअघि क्षेत्री युवा समाज प्रदेश ५ ले पनि थापाको मृत्युमा अस्पतालको लापरवाही भन्दै पीडित पक्षको माग सम्बोधन गर्न सरकारसँग माग गरेको थियो ।

ज्वरोको समस्याका कारण चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल आएका पाल्पा रिब्दिकोट ५ कुसुमखोला घर भई सैनामैना–४ का थापालाई धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना गरिएको थियो । 

बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पताल मातहत सञ्चालित अस्पतालमा भर्ना भएको चौथो दिन थापाको चैत १६ गते ज्यान गएको थियो । उनको मृत्यु भएको दिनमात्रै स्वाब परीक्षणका लागि पठाइएको र दोस्रो दिन मात्रै नेगेटिभ रिपोर्ट आएको थियो । 

थापाको मृत्युपछि अस्पतालको लापरवाही भन्दै चौतर्फी आलोचना भइरहेको छ । अस्पताल विकास समितिका अध्यक्ष लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष सूर्यबहादुर भट्टराईले अस्पतालमा आएका सबै उपचार सफल नहुने बताए । उनले अस्पतालको कमजोरी नभएको पनि दावी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप