शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भाईको लट्ठी प्रहारबाट दाजुको मृत्यु

बिहीबार, २० चैत २०७६, १७ : २८
बिहीबार, २० चैत २०७६

घोराही । दाङको राजपुरमा घरायसी विवादका क्रममा भाइको कुटपिटबाट दाजुको मृत्यु भएको छ । जिल्लाको राजपुर गाउँपालिका वडा नं १ रसरीखोला निवासी २७ वर्षीय भाइ जसराम कामीले लट्ठी प्रहार गर्दा गम्भीर घाइते भएका ३२ वर्षीय प्रेम कामीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बुधबार राति दाजुभाई बसेर सँगै मदिरा सवेन गरेपछि भाइ जयरामले दाजु प्रेममाथि लौरो प्रहार गरेर आक्रमण गरेका थिए । घरायसी सामान्य विवादका क्रममा भाइले दाजुमाथि लौरोले आक्रमण गरि गम्भीर घाइते बनाएपछि उनलाई उपचारका लागि लमही अस्पतालमा ल्याइएको थियो ।

उनको उपचारको क्रममा आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।  दाजुमाथि लट्ठी प्रहार गर्ने जसराम अहिले फरार रहेको र उनको खोजी कार्य तीव्र पारिएको डिएसपी खड्काले बताए ।  घाइतेको श्वासनली र पछाडी गर्धनमा गम्भीर चोट लागेको छ । शवलाई लमही अस्पतालमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप