शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कामना सेवाको डिजिटल संचालक समिति, बस्यो पहिलो बैठक

बिहीबार, २० चैत २०७६, १८ : ५७
बिहीबार, २० चैत २०७६

काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेडले विद्युतीय प्रविधिको प्रयोग गरी भिडियो कन्फरेन्समार्फत सञ्चालक समितिको २८९औं बैठक सम्पन्न गरेको छ । 

बैंकको इतिहासमा यो पहिलो डिजिटल बैठक हो । नियमित बैैठकको अलावा हालको अवस्थाको बारेमा गहन विश्लेषण एवं भावी रणनीतिको सम्बन्धमा नीतिगत निर्णय गर्न तथा आवश्यक दिशानिर्देश गर्न समेत यो डिजिटल बैठक फलदायी रहेको बैंकका अध्यक्ष सुदिप आचार्यले बताए ।

बैंकले हालसालै आफ्नो नियमावलीमा संशोधन गर्दै विद्युतीय प्रविधिको माध्यमद्वारा भिडियो कन्फरेन्समार्फत सञ्चालक समितिको बैठक बस्न सक्ने व्यवस्था गरेको थियो । यो बैंकलाई डिजिटाइजेसन र अटोमेसनको पायोनियर बनाउने लक्ष्यको कोसेढुङ्गाको रुपमा यस डिजिटल बैठकलाई लिएको बैंकका प्रमुख कार्याकारी अधिकृत प्रविण बस्नेतले बताए । 

२०७६ साल गत कार्तिक २७ गते बैंकको वार्षिकोत्सव तथा भवन उद्घाटन समारोहमा अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा एकै दिन ५० वटा शाखा डिजिटल अनावरण गरिएको थियो । 

आज सम्पन्न सञ्चालक समितिको बैठकले ग्राहकहरुलाई थप सेवा सुविधा दिने बारे तथा देश लकडाउनमा परेका कारण पिडामा परेका गरिब तथा असहाय व्यक्ति तथा परिवारहरुको दैनिकी सञ्चालन तथा सहजीकरणको निमित्त वडा, गाउँंपालिका तथा नगरपालिकाहरुसँग सहकार्य गर्दै अगाडि बढ्न बैंक व्यवस्थापनलाई निर्देशन समेत दिएको छ । 

यसैगरी मानिसहरुसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आश्रित जनावरहरुमा समेत खाने तथा पिउने पानीको समस्या परेको कुरा विभिन्न संचार माध्यमहरुद्वारा जानकारीमा आएको हुंँदा सो सम्बन्धमा समेत सक्दो सहयोग गर्न बैंक व्यवस्थापनलाई निर्देशन गरेको बैंकका अध्यक्ष सुदिप आचार्यले जानकारी गराए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप