शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल एसबिआई बैंकद्वारा कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणको लागि १ करोड सहयोग गर्ने

बिहीबार, २० चैत २०७६, २० : ३३
बिहीबार, २० चैत २०७६

काठमाडौं– नेपाल एसबिआई बैंक लिमिटेडले नेपाल सरकारको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड सहयोग गर्ने जनाएको छ ।

बैंकले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणको निम्ति र कोरोनाबाट प्रभावितको सहयोगको लागि १ करोड सहयोग गर्ने निर्णय गरेको हो । 

उक्त रकम मध्ये ५० लाख केन्द्रिय सरकारले स्थापना गरेको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा र प्रत्येक प्रदेश सरकारको कोषमा ५ लाख सहयोग गर्नेछ ।

यसका साथै बाँकीको १५ लाख बैंकले कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा खर्च गर्ने जनाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप