बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा एकैदिन ९६८ को मृत्यु, संक्रमितको संख्या २ लाख ४४ हजार नाघ्यो

शुक्रबार, २१ चैत २०७६, ०६ : ४२
शुक्रबार, २१ चैत २०७६

अमेरिकामा कोरोनाभाइरसको संक्रमणका कारण एकैदिन ९ सय ६८ जनाको मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या ६ हजार ७० पुगेको छ ।

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार एकैदिन २९ हजार ६ सय ७८ संक्रमित भेटिएसँगै हालसम्म संक्रमितको कूल संख्या २ लाख ४४ हजार ६ सय ८१ पुगेको छ । यो संसारकै सबैभन्दा धेरै संक्रतिको संख्या हो ।  

संक्रमितमध्ये ५ हजार ४ सय २१ को अवस्था गम्भीर छ भने हालसम्म अमेरिकामा १० हजार ४ सय ३ जना संक्रमित निकोसमेत भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप