शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शुक्रबार बिहानसम्म कोरोनाका कारण संसारभरी के के भए...

शुक्रबार, २१ चैत २०७६, ०८ : ४६
शुक्रबार, २१ चैत २०७६

– संसारभरी कोरोनाभाइरसको संक्रमणको आँकडाले १० लाख पार गरेको छ । यद्यपि, यो आँकडा थप बढ्न सक्ने अनुमान गरिएको छ ।

– कोभिड–१९ रोगका कारण मृत्युको आँकडा ५३ हजार २ सय पुगिसकेको छ जबकी २ लाख १२ हजार संक्रमित निको भएर घर फर्किसकेका छन् ।

– अमेरिकामा यो संक्रमणका कारण ६ हजार बढीको मृत्यु भएको छ जबकी त्यहाँ संक्रमितको संख्या साढे दुई लाख पुगिसकेको छ ।

– युरोपमा मृतकको आँकडा अहिलेसम्म सबैभन्दा धेरै छ । इटलीमा १३ हजार ९ सय १५ जनाको मृत्यु भएको छ भने स्पेनमा १० हजार ३ सय ४८ को मृत्यु भइसकेको छ ।

– विश्व स्वास्थ्य संगठनले भाइरस फैलन रोक्नका लागि मध्य पूर्वले थप कोसिस गर्नुपर्ने बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप