बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मोदीको अपिलः आइतबार राती ९ बजे ९ मिनेटसम्म मैनबत्ती, दियो, टर्च वा मोबाइल फ्ल्याशलाइट बाल्नुहोस्

शुक्रबार, २१ चैत २०७६, ०९ : ४८
शुक्रबार, २१ चैत २०७६

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बिहान गरिएको भिडियो सन्देशमा महामारीका बेला निरन्तर प्रकाशतर्फ जानुपर्ने बताउँदै सबैभन्दा धेरै प्रभावित गरिबको निराशालाई आशातर्फ लैजानुपर्ने धारणा व्यक्त गरेका छन् ।

उनले भने, ‘यो संकटका कारण जुन अन्धकार र अनिश्चितता पैदा भएको छ त्यो चिर्दै उज्यालोतर्फ लम्कनुुछ । यसलाई पराजित गरेर प्रकाशको तेजलाई चारै दिशामा फैलाउनु छ त्यसकारण आइतबार (अप्रिल ५) मा हामी सबै मिलेर कोरोनाको संकटको अन्धकारलाई चुनौती दिनुछ ।’

उनले थपे, ‘५ अप्रिलमा १३० करोड देशवासीको संकल्पलाई नयाँ उचाइमा लैजानुछ । ५ अप्रिल राती ९ बजे म तपाईंहरुको ९ मिनेट चाहन्छु । ५ अप्रिलमा घरको बत्ती बन्द गरेर ढोका वा बाल्कोनीमा उभिएर मैनबत्ती, दियो, टचए वा मोबाइल फ्ल्यासलाइटलाई ९ मिनेटसम्म बाल्नुहोस् ।’

यसबाट प्रकाशको महाशक्ति उजागर हुने बताउँदै उनले भने, ‘यो प्रकाशमा हामी एके छैनौं भनेर संकल्प गरौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप