बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बेल्जियमको लिग रद्द गर्ने निर्णय

शुक्रबार, २१ चैत २०७६, १० : २९
शुक्रबार, २१ चैत २०७६

कोरोना भाईरसको कारण स्थगित बेल्जियमको शीर्ष डिभिजन लिग फुटबल रद्द भएको छ । कोरोनाको संक्रमण तत्काल रोकिने छनक नदेखिएपछि लिग निर्देशक कमिटिले लिग रद्द गर्ने निर्णय गरेको हो ।

कमिटिले लिगमा शीर्ष स्थानमा रहेको क्लब ब्रुगलाई विजेता घोषित गरिने जनाएको छ । लिगमा केबल एक चरणको खेल मात्र बाँकी रहँदा अहिले क्लब ब्रुग ७० अंक सहित शीर्ष स्थानमा छ । 

दोस्रो स्थानमा रहेको जेन्टको ५५ अंक छ । यद्यपी यस निर्णय फुटबल संघको साधारण सभामा पेश गरिनेछ । संघको साधारण सभा अप्रिल १५ तारिख हुँदैछ । साधारण सभालेनै क्लबहरुको घटुवा, बढुवा लगायत थप निर्णय गर्ने बताईएको छ । 

कोरोनाका कारण युरोपमा शीर्ष डिभिजनको लिग फुटबल रद्द गरिन लागेको यो पहिलो हो । कोरोनाका कारण युरोपका अन्य लिग फुटबलको सिजन पनि थप अन्योलमा परेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप