शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अब वर्षमा एक मात्र फिल्म गर्छु – साम्राज्ञी

शुक्रबार, २१ चैत २०७६, १२ : ०२
शुक्रबार, २१ चैत २०७६

काठमाडौं । लकडाउनका कारण अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह बिगत १० दिन देखि घरभित्र नै छिन् । यो लकडाउनको समय उनी घरमा फिल्म हेरेर बिताइरहेकी छन् । 
बेलाबेलामा उनी सामाजिक सञ्जालको माध्यमबाट आफ्ना फ्यानसँग पनि जोडिने गरेकी छन् । सो क्रममा उनले फ्यानलाई कोरोनाबाट जोगिन बिषेश सावधानी अपनाउन र सुरक्षित रहन अनुरोध समेत गर्दै आइएकी छन् ।
साम्राज्ञीले इन्स्टाग्राममा बेलाबेलामा आफुले घरमा गर्ने क्रियाकलापको तस्बिर तथा भिडियो समेत शेयर गर्ने गर्दछिन् । सोही क्रममा उनी फ्यानको प्रश्नको जवाफ समे्त दिने गरेकी छन् । 
यस्तैमा उनले हालै एक फ्यानले नयाँ फिल्मको बारेमा सोधेको प्रश्नको जवाफ समेत दिएकी छन् । 
‘अहिले नयाँ फिल्म कुनै साइन गरेको छैन । बर्षमा अब एक मात्र फिल्म गर्छु’ फ्यानको जवाफमा उनले भनेकी छन् ‘राम्रो स्क्रिप्टको अफर आएन भने बरु गर्दिन ।’ आफुले गरेको मिहिनेत अनुसारको अहिलेसम्म परिणाम नमिलेको उनको भनाई रहेको छ । 
‘ड्रिम्स’बाट चलचित्र अभिनयमा देखिएकी साम्राज्ञी पछिल्लो समयकी हिट अभिनेत्री हुन् । तर उनले धेरै सफल फिल्म भने दिन सकेकी छैनन् । 
यो बर्ष उनका  ‘मारुनी’ र ‘रातो टिका निधारमा’ चलचित्र प्रदर्शनमा आएको थियो । तर, यी दुबै फिल्मले उनलाई ब्यवसायिक सफलता दिलाउन सकेन । तर बजारमा भने उनको डिमान्ड बढ्दो छ । उनी पछिल्लो समयकी महँगो हिरोइन समेत हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप