वसन्त चौधरी र राजसागरले ल्याए कोरोना महामारीकै बीचमा सन्देशमुलक गीत
काठमाडौं । विश्वव्यापी फैलिएको कोरोना भाइरसको त्रासमा नेपालीहरु बिगत १० दिनदेखि लकडाउनको अवस्थामा घरभित्रै छन् । यस्तो अवस्थामा पनि जोखिम मोलेर गायक तथा संगीतकार राज सागरले नयाँ गीत ‘उद्धार गरौं यो मानवताको’ बोलको गीत भिडियोसहित सार्वजनिक गरेका छन् ।
बुधबार रेकर्ड गरिएको यो गीतको भिडियो बिहिबार तयार गरिएको हो । गीत समय सान्दर्भिक भएको कारण पनि अहिले बाहिर ल्याइएको हो । गीतमा कवि तथा गीतकार वसन्त चौधरीको शब्द रहेको छ । गीतमा कोरोना भाईरसलाई मानवताको बिसालु बैरी र बिनाशकारीको रुपमा चर्चा गरिएको छ ।
गीतमा अहिले दयनीय अवस्थामा रहेको मानिसको उद्धार गर्नुपर्ने आसय ब्यक्त भएको छ । कोरोनाबाट आफु पनि जोगिन, अरुलाई पनि जोगाउन र संकटमा रहेकाहरुलाई उद्धार गर्न गीतले आह्वान गरेका छ ।
शब्द राम्रो र सन्देशमुलक भएकाले अहिलेको अबस्थामा जोखिम मोलेर रेकर्ड गरि लिरिकल भिडियोको रुपमा गीत आफुले ल्याएको गायक राजले बताए ।
भ्वाईस अफ नेपालको स्टुडियोमा दीप घतानीले रेकर्ड गरेको यो गीतमा संगीत पनि गायक राज सागरकै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै