सरकारले रोक्यो १४ वटा कार्यक्रमलाई छुट्टयाएको बजेट, राजस्व प्रभावित भएपछि गाडी किन्न रोक
शुक्रबार, २१ चैत २०७६, १२ : ४०
काठमाडौं । सरकारले विभिन्न १४ शीर्षकका कार्यक्रमलाई छुट्टयाएको बजेट रोकेको छ । कोरोना भाइरसले आर्थिक गतिविधि प्रभावित भइ राजस्व संकलनमा असर पुगेको अर्थमन्त्रालयको भनाई छ । अर्थसचिव शिशिरकुमार ढुंगानाको हस्ताक्षर भएको पत्रमा विभिन्न शीर्षकमा विनियोजित बजेटलाइ कोरोना भाइरस रोग नियन्त्रणका लागि प्राथमिकता प्राप्त क्षेत्रमा खर्च गर्न सकिने गरी स्रोत व्यवस्थापन गर्नुृपर्ने भएकाले १४ कार्यक्रमको बजेटलाई स्थगीत गरिएको जनाइएको छ ।
सेवा तथा परामर्श, कर्मचारी तालिमका लागि छुट्याइएको खर्च, सीप विकास, अनुगमन मूल्याँकन खर्च, भैपरी आउने चालू खर्च रोक गरिएको छ । यसैगरी कार्यालय सञ्चालनका लागि चाहिने कम्प्यूटर, फर्निचर, गाडी लगायत किन्न पनि रोक लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै