बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

संग्रौलाको ‘कोरोना कैरन’ भोलिदेखि रातोपाटीमा

शुक्रबार, २१ चैत २०७६, १३ : ३८
शुक्रबार, २१ चैत २०७६

 

'को सक्छ निदाउन खरबारीमा, वरिपरि मुढाहरु दन्किरहेको बेलामा !' भूपी शेरचनले उठाएको यो काव्यात्मक प्रश्न कोरोना महाव्याधिको बेला झन् सान्दर्भिक भएको छ ।

केही समयअघि पाताल [अमेरिका] प्रवासमा रहेर भरखरै नेपाल फर्केका चर्चित साहित्यकार एवं स्तम्भकार खगेन्द्र संगौलाको हालत पनि भूपिले उठाएका प्रश्न कै जस्तो छ । यसैसन्दर्भमा ‘लकडाउन’का अनुभव र अनुभूतिहरुलाई समेटेर संगौलाले लेख्न थालेका ‘कोरोना कैरन’ भोलिदेखि रातोपाटीमा नियमित रुपमा प्रकाशित हुँदैछ ।

अखबारी दुनियाँमा ‘कुन्साङ काका’का रुपमा पनि चर्चित संग्रौला ठेट भाषाशैली, तीखो व्यंग्य र कथात्मक लेखनीका लागि परिचित छन् ।

समसामयिक विकृतिमाथि चोटिलो कलम चलाउने सिद्धहस्त लेखकका रुपमा आमजनतामाझ स्थापित संगौलाको नयाँ स्तम्भ ‘कोरोना कैरन’का लागि भोलिसम्म प्रतीक्षा गर्नुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप