कैलालीमा बलात्कार गरेको आरोपमा एकजना पक्राउ
शुक्रबार, २१ चैत २०७६, १६ : ०५
काठमाडौँ । बलात्कारको आरोपमा प्रहरीले कैलालीको घोडाघोडी नगरपालिका–९ का एक युवकलाई पक्राउ गरेको छ । २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा २४ वर्षीय भुवन राउतलाई इलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरेको हो ।
चैत २० गते (बिहीबार) राति करिब १ बजे घरमा सुतिरहेको अवस्थामा रावतले आफूलाई जबर्जस्तीकरणी गरेको भन्दै युवतीले जाहेरी दिएकी थिइन् ।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टका अनुसार युवतीले जाहेरी दिएसँगै रावतलाई पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको ‘इन्जिन अफ ग्रोथ’ जलविद्युत र पर्यटन : अध्यक्ष नेपाल
-
आगोले जलेर महिला गम्भीर, आकस्मिक कक्षमा डाक्टर नहुँदा प्राथमिक स्वास्थ केन्द्रमा तालाबन्दी
-
टेभेज अस्पतालबाट डिस्चार्ज
-
‘स्टक एनालिटिक्स सफ्टवेयर’ : सेयर कारोबारमा नयाँ आयाम
-
बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
-
एम्बाप्पेको कीर्तिमानमा लिग उपाधिबाट पीएसजी मात्र एक कदम टाढा