धनगढीमा उपचारकै क्रममा भारतीय नागरिकको मृत्यु
शुक्रबार, २१ चैत २०७६, १६ : ०९
काठमाडौँ । एक भारतीय नागरिकको उपचारको क्रममा मृत्यु भएको छ । कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालको सघन कक्ष (आईसीयू) मा उपचार गराइरहेका २४ वर्षीय युवकको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।
कञ्चनपुरको झलारीमा रहेको आरसिटी एग्रो मेसिनरी कम्पनीमा काम गर्दै आएका ती युवकको बिहीबार उपचारको क्रममा निधन भएको अस्पतालका अध्यक्ष धीरेन्द्र साउदले पुष्टि गरे ।
अध्यक्ष साउदका अनुसार ती युवकमा सुगरको समस्या देखिएको थियो भने निमोनियाको समेत आशंका गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद