शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चलचित्र प्राविधिकलाई दीपकराज गिरी टिमको नगद सहयोग

शुक्रबार, २१ चैत २०७६, १६ : १४
शुक्रबार, २१ चैत २०७६

काठमाडौं । सरकारले गरेको लकडाउनको कारण फिल्मी गतिबिधि ठप्प भएको छ । यस्तो अवस्थामा फिल्मी क्षेत्रमा दैनिक ज्याला लिएर काम गर्ने प्राविधिकहरुको अवस्था दयनीय भएको छ । उनीहरुको अवस्थालाई मध्यनजर गरेर चलचित्र प्राविधिक संघले राहतको ब्यवस्थाको पहल समेत थालिसकेको छ । यहि समयमा अभिनेता तथा निर्माता दीपकराज गिरी लगायतको टीमले फिल्ममा काम गर्ने प्राविधिकलाई राहत स्वरुप सहयोग घोषणा गरेका छन् । 

गिरीले सामाजिक संजालमा एक स्टाटस् पोष्ट गर्दै प्राविधिकका लागि राहातको घोषणा गरेका हुन् । गिरीकै स्टाटस् अभिनेत्री निर्देशक दीपाश्री निरौला, अभिनेता केदार घिमिरे लगायत उनका टिमका सबै सदस्यले पोष्ट गरेका छन् । 

‘सुटिङको समयमा, भोक लाग्दा खाना खुवाउने, हामीलाई गर्मि हूँदा छाता ओढाउने, राम्रो देखाउन गर्हौ लाइट उचाल्ने प्राविधिकहरूको लागि यो कठिन समय हो’ स्टाटसमा लेखिएको छ ‘सबै मिलेर केही सहयोग गरौँ । हाम्रो तर्फबाट रू.१ लाख १० हजार दिँदैछौ ।’

अन्य सहयोग गर्न चाहनेले इनबक्स समेत गर्न सक्ने उल्लेख गरिएको छ ।दीपकराज गिरी टिमको पछिल्लो फिल्म ‘छ माया छपक्कै’ यसै वर्ष प्रदर्शनमा आएको थियो । रोहित अधिकारीसँग मिलेर बनाएको यो फिल्म सुपरहिट साबित भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप